कन्सर्टका लागि बलिउड गायक आतिफ असलम नेपाल आउने
मङ्गलबार, २३ माघ २०८०, १५ : ५५
काठमाडौँ । बलिउडका चर्चित गायक आतिफ असलम नेपाल आउने भएका छन् । नयाँ वर्षको अवसर पारेर आगामी चैत्र ३० गते होटल हायात रिजेन्सीमा आयोजना हुने सांगीतिक कार्यक्रम ‘आतिफ असलम लाइभ इन नेपाल’मा प्रस्तुति दिन उनी नेपाल आउन लागेका हुन् ।
एमएन प्रोडक्सन र ट्यारिस इन्टरटेनमेन्टले असलमलाई कन्सर्टका लागि नेपाल ल्याउन लागेको हो । असलम चैत २९ गते नेपाल आइपुग्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
केही दिन नेपाल बस्ने असलमले नेपाल भ्रमणको समय केही पर्यटकीय स्थलको समेत अवलोकन गर्नेछन् । असलमको नेपालमा यो दोस्रो कन्सर्ट हुनेछ । यसअघि उनी सन् २०१२ मा पनि दशरथ रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा सहभागी भएका थिए । असलमको कार्यक्रममा नेपालका चर्चित कलाकारको समेत सहभागिता रहने आयोजक संस्थाका जीतबहादुर लामाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण