२०४६ को परिवर्तनपछि स्वास्थ्य क्षेत्रले ठुलो फड्को मार्यो : नेता सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालय अस्पतालको ६७औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै उनले २०४६ सालको परिवर्तनपछि नेपालको स्वास्थ्य क्षेत्रले ठुलो फड्को मारेको बताएका हुन् ।
‘स्वास्थ्य क्षेत्रमा केहीपनि भएको छैन भन्न मिल्दैन, बिस्तारै सुधार गएको र छ थप सुधार हुँदै जानेछ’, उनले भने । उनले छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताल स्थापनाका लागि तत्कालिन मन्त्री स्वर्गीय गणेशमान सिंह र क्षेत्रपाटी क्षेत्रका जनताको महत्त्वपूर्ण भूमिका रहेको स्मरण गरे ।
छत्रपाटी चिकित्सालयको जमिन तत्कालीन नगरपालिकासँग कुरा गरेर सरकारले चिकित्सालयलाई उपलब्ध गराउन गणेशमान सिंहको भूमिका महत्त्वपूर्ण रहेको उनको भनाइ थियो । उक्त चिकित्सालयले क्षेत्रपाटी क्षेत्रका जनतालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्न लाग्नुपर्नेमा उनले जोड दिए ।
कार्यक्रममा सो चिकित्सालयमा पाँच र दश वर्ष अनवरतरुपमा सेवा प्रदान गर्ने कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण