आजपाको केन्द्रीय समिति बैठकका ५ बुँदे निर्णय सार्वजनिक
काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक भएको छ । प्रवक्ता चन्द्र भुषण साहले मंगलबार एक विज्ञप्तिमार्फत माघ १९ र २१ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
पार्टी कार्यालय कोटेश्वरमा सम्पन्न उक्त बैठकले वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक तथा लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले राज्यमाथि व्यापक जनदवाव बढाएको निकालेको छ ।
यस्तै पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै रामपृत रामलाई सल्लाहकार समितिमा जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ । पार्टीको जनसंगठनहरुमा जिम्मेवारी तोकिएको छ भने आगामी दिनमा पार्टीले जनजिविकाका सवालमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ ।
यसैबीच बैठकले राष्ट्रिय मानवअधिकार आयोगले पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर गरेर उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्ष निकाल्दै यसको प्रतिवाद गर्ने निर्णय गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण