मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आजपाको केन्द्रीय समिति बैठकका ५ बुँदे निर्णय सार्वजनिक

मङ्गलबार, २३ माघ २०८०, २२ : ५८
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)को केन्द्रीय समिति बैठकका पाँच बुँदे निर्णय सार्वजनिक भएको छ । प्रवक्ता चन्द्र भुषण साहले मंगलबार एक विज्ञप्तिमार्फत माघ १९ र २१ गते बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 

पार्टी कार्यालय कोटेश्वरमा सम्पन्न उक्त बैठकले वैदेशिक रोजगारका ठगीविरुद्धको संघर्ष, बैंक तथा लघुवित्त र सहकारीको लुटविरुद्धको संघर्ष, भन्सार लगायतका राजस्व लुटविरुद्धको आन्दोलन, भ्रष्टाचारविरुद्धको संघर्ष सहितका जनपक्षीय संघर्षहरुले राज्यमाथि व्यापक जनदवाव बढाएको निकालेको छ । 

यस्तै पार्टी केन्द्रीय कमिटीलाई पुर्नगठन गर्दै रामपृत रामलाई सल्लाहकार समितिमा जिम्मेवारी ठोस गर्ने निर्णय गरिएको छ ।  पार्टीको जनसंगठनहरुमा जिम्मेवारी तोकिएको छ भने आगामी दिनमा पार्टीले जनजिविकाका सवालमा आन्दोलनलाई थप सशक्त बनाउने निर्णय गरेको छ । 

यसैबीच बैठकले राष्ट्रिय मानवअधिकार आयोगले पुर्वाग्रही ढंगले पार्टी अध्यक्ष प्रभु साहको नाम मानव अधिकार उल्लंघनकर्ताको रुपमा सम्प्रेषित गरेर गरेर उल्टै मानवअधिकारको उल्लंघन गरेको निष्कर्ष निकाल्दै यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । 

6cbfad24-26a5-4bb5-aa6f-5a64f4eaf47d

42e46935-433d-45ae-8a6b-f81954a42845

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप