सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आम महिला मोर्चाको अध्यक्षमा बबिता, प्रदेशको नेतृत्व पनि चयन (सूचीसहित)

बुधबार, २४ माघ २०८०, १९ : ००
बुधबार, २४ माघ २०८०

काठमाडौँ । प्रभु साह नेतृत्वको आम जनता पार्टी निकट ‘आम महिला मोर्चा’ को केन्द्रीय कमिटी घोषणा गरिएको छ । कुमारी बबिताको अध्यक्षतामा केन्द्रीय कमिटी घोषषा गरिएको छ । केन्द्रीय कमिटीमा ६५ जना रहेका छन् भने इन्चार्ज, सहइन्चार्ज र प्रदेश अध्यक्ष तथा इन्चार्जको समेत व्यवस्था गरिएको छ । 

जसअनुसार पदाधिकारीमा अध्यक्षसहित, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षको व्यवस्था गरिएको छ । मोर्चाको इन्चार्जमा कान्ति महतो तथा सहइन्चार्जमा सिमल साह र बबिता यादव रहका छन् । 
यसैगरी उपाध्यक्षमा आशा सन्जेल, सर्मिला महरा, चन्दा देवी साह र रुपसागर उपाध्याय रहेका छन् भने महासचिवमा सावित्री चौधरीलाई चयन गरिएको छ । 

यसैगरी उपमहासचिवमा रञ्जुकुमारी साह चयन हुँदा सचिवमा ममता देवी मण्डल, सकिना खातुन, सुनिता महतो, मञ्जु कुशवाहा र विभा साह चयन भएका छन् । यस्तै कोषाध्यक्षमा रिना पटेल चयन हुँदा अन्य बाँकी सदस्य रहेका छन् । 

अध्यक्ष बबिताका अनुसार कोशी प्रदेश अध्यक्षमा ममता चौधरी तथा इन्चार्जमा बबिता बिक रहेका छन् । यस्तै मधेश प्रदेश इन्चार्जमा फुलबदन देवी र अध्यक्षमा किरण यादव, बागमती अध्यक्षमा जेनिशा तामाङ र इन्चार्ज देवकुमारी साह, गण्डकी अध्यक्षमा लक्ष्मी बिक र इन्चार्जमा रञ्जु कुमारी, लुम्बिनी अध्यक्षमा पुन थापा र इन्चार्जमा आशा सञ्जाल, कर्णाली अध्यक्षमा उमा तामाङ र इन्चार्जमा हरिमाया मल्ल र सुदूरपश्चिम प्रदेश अध्यक्षमा भाना ढोली र इन्चार्जमा शोविता गोतामेलाई चयन गरिएको छ । 

290eb392-9ba4-4f37-b5c2-0dea1a60d9dd903436d6-fc45-4f87-b13d-d8942793bc45354eb557-ae74-4c2f-8cce-b9153f2f8b38
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप