काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो । जसका कारण प्रहरीले हस्तक्षेप नै गर्नुपरेको बताइएको छ ।
नेपाल र क्यानडाबीचको खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरेको बताइएको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनको निर्णय गरिसकेको छ । त्यसयता लामिछाने खेल गतिविधिबाट बाहिर छन् । उसो त लामिछानेले नै पनि निलम्बन अघि नै क्यानलाई पत्र पठाएर क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए ।
त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ ।
_d6JYYElyj1.jpg)
_nQRMxnbaq4.jpg)
_w76slWfrtc.jpg)
_i1UCrP0k6i.jpg)
_RPSW3ClfWp.jpg)
_W4W56FfJn4.jpg)
_kDh5WwBxsx.jpg)
_dpv7b2eJge.jpg)
_YoNb5pUzbO.jpg)
_ZdCxlpg90Y.jpg)
_adOoCTia6y.jpg)
_HGXyUC2yHJ.jpg)
_bq4Vov535x.jpg)
_eaNFjKkCWI.jpg)
प्रतिक्रिया