आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
त्रिवि क्रिकेट मैदानमा तनाव, सन्दीप लामिछानेको पक्षमा समर्थकको नाराबाजी (तस्बिरहरू)
खेलकुद

त्रिवि क्रिकेट मैदानमा तनाव, सन्दीप लामिछानेको पक्षमा समर्थकको नाराबाजी (तस्बिरहरू)

बिहीबार, २५ माघ २०८०

काठमाडौँ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा असहज अवस्था सिर्जना भएको छ । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताका क्रममा केही समर्थकले क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नाराबाजी गर्न थालेपछि असहज अवस्था सिर्जना भएको हो । जसका कारण प्रहरीले हस्तक्षेप नै गर्नुपरेको बताइएको छ । 

नेपाल र क्यानडाबीचको खेल हेर्न पुगेका केही दर्शकले सन्दीपलाई सजाय दिइएको विषयमा असन्तुष्टि जनाउँदै उनको पक्षमा नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले हस्तक्षेप गर्दै नाराबाजी गर्नेहरूलाई नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरेको बताइएको छ । नेपाल क्रिकेट संघ क्यानले लामिछाने बलात्कार मुद्दामा दोषी ठहर भएसँगै निलम्बनको निर्णय गरिसकेको छ । त्यसयता लामिछाने खेल गतिविधिबाट बाहिर छन् । उसो त लामिछानेले नै पनि निलम्बन अघि नै क्यानलाई पत्र पठाएर क्रिकेटबाट अलग रहने घोषणा गरेका थिए । 

त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले क्यानडालाई ७ रनले हराएको छ । 

ca (2)ca (15)ca (16)ca (17)ca (18)ca (19)ca (20)ca (21)ca (22)ca (23)ca (24)ca (25)ca (26)ca (27)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया