जनतालाई त्रसित गराएको भन्दै लघुवित्तका हाकिमलाई दलियो कालोमाेसो
सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताहरुले सुर्खेतको एक लघुवित्तका हाकिमलाई कालोमोसो दलेका छन् । गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका प्रमुख दीपेन्द्र कटेललाई उनीहरुले कालोमोसो दलेका हुन् ।
बिहीबार अपराह्नतिर तीन जनाको समूहले कटेलमाथि कालोमोसो दलेका हुन् । प्रहरीले मासो दल्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका –९ बोटेचौरका २० वर्षीय हरि घर्ती मगर र मुगुको सोरु गाउँपालिका– ८ का १६ वर्षीय सन्दीप विक रहेका छन् ।
क्रान्तिकारी युवा संगठनको प्रदेश संयोजक प्रकाश शर्माले संस्थाले असुल गरिसकेको रकम सदस्यहरूसँग पटक–पटक माग्ने तथा यातना दिने, रकम असुलीको नाममा जनतfलाई त्रसित गरी घरवार छोड्न बाध्य पारेको, रकम दिन नसक्ने महिलाहरू माथि हातपात गर्ने, चरित्र हत्या गर्ने खालको गतिविधि गरेको लगायतका कारण कारबाही गरिएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीरगन्ज महानगरपालिकाले ल्यायो ४ अर्ब ४२ करोडको बजेट
-
३५ वर्षमुनिका युवालाई प्राथमिकता दिँदै कांग्रेसले खटायो ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि
-
मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने काम सरकारको हो : अध्यक्ष मगर
-
गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
-
नेपाली राजनीतिको दुर्भाग्य : उत्साहप्रद आरम्भ र दर्दनाक अन्त्य
-
काठमाडौँ फर्किए प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण