संघीयता लागू गर्न काँग्रेसले काम गर्नुपर्ने आवश्यकता छ : नेता सिंह
शुक्रबार, २६ माघ २०८०, १५ : १४
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गाउँगाउँमा सिंहदरबार भन्ने नारा कार्यान्वयन गर्न कांग्रेस लाग्नुपर्ने बताएका छन् ।
शुक्रबार नेपाली कांग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले केन्द्रीकृत एकात्मक व्यवस्था र संघीयतामा फरक धेरै छ भन्नेकुरा नागरिकलाई दिने सेवासुविधाबाट बुझाउन सक्नुपर्ने बताए ।
नेता सिंहले संघीय कानूनहरु बनाएर कार्यान्वयन गर्न नपाएको कारणले गर्दा कामकारबाहीमा ढिलासुस्ती भइरहेको बताए । उनले संघीयता लागू गर्न काम गर्नुपर्ने आवश्यकता रहेको बताए । आवश्यक संघीय कानून बनाउनका लागि संघीय संसदबाट काम गर्न जरुरी रहेको बताए ।
नेता सिंहले पार्टीलाई अहिलेको अवस्थाभन्दा राम्रो गर्नका लागि काम गर्नुपर्न बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण