मौसमी माया
ए मेरो मौसमी माया !
कहिलेकाहीँ बेमौसमा पनि सम्झिने गर न
मेरो मायालाई मौसमी र सिजनल मात्र होइन
बाहै्रमासे बनाइदेऊ न ।
कृष्णाष्टमीमा मेरी राधे
तीज र शिवरात्रिमा मेरी पार्वती
प्रेम सप्ताहमा मेरी प्रिय भन्नेले
अरू दिनमा पनि सोहीअनुसारको माया जताउने गर न ।
झरी पर्दा
धेरै झरी परेको छ ख्याल गर है माया भन्नेले
कहिलेकाहीँ अरू दिनमा पनि मेरो हालखबर सोध्ने गर न
स्कुटी–गाडी चलाउँदा
राम्ररी चलाऊ ल, सेफ ड्राइभ है भन्नेले
हिँड्दा पनि ठेस लाग्न सक्छ ख्याल गर है भनेर सम्झाउने गर न ।
बाहिर हिँड्दा
मास्क र सेनिटाइजर राम्ररी प्रयोग गरेर हिँड है भन्नेले
घरैमा बसेका बेलामा पनि ठिक छौ कि छैनौ भनेर
कहिलेकाहीँ त सम्झिने गर न ।
तिम्रो आँखाबाटै तिम्रो भावना पढ्न सक्छु भन्नेले
कहिलेकाहीँ मेरो मनलाई पनि बुझ्ने प्रयास गर न ।
तिम्रो ओठ चलेपछि नै
तिमीले भन्न खोजेको कुरा बुझ्छु भन्नेले
कहिलेकाहीँ मेरो मौनतालाई पनि चिर्ने प्रयास गर न
टन्टलापुर गर्मी छ
चिसो खाऊ शीतलमा बस है भन्नेले
यता पनि तिम्रो साथ र सामीप्यताले मात्रै
शीतलता प्रदान गर्छ भन्ने कुरा बुझ्ने गर न ।
तिम्रा लागि जे गर्न पनि तयार छु भन्नेले
फुर्सदको मात्र होइन
बेफुर्सदको पनि थोरै समय निकालेर खबर सोध्ने गर न
तिमी त सात जुनीसम्म मेरी हौ भन्नेले
यही जुनीको हरेक पलमा माया जताएर त हेर न ।
तिम्रो मायामा कुनै खोट र कमी छ भन्न खोजेकी त होइन
यसलाई मात्र बेमौसमी बनाइदेऊ न
मेरो मायालाई मौसमी र सिजनल मात्र होइन कि
यसलाई बाह्रैमासे बनाइदेऊ न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण