सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

कालिमाटी बजारले किसानलाई गर्यो तरकारीको बीउ वितरण

शनिबार, २७ माघ २०८०, १५ : २४
शनिबार, २७ माघ २०८०

ललितपुर । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ललितपुर जिल्लाअन्तर्गत महांकाल गाउँपालिकाका किसानलाई तरकारीको बीउ वितरण गरेको छ । गाउँपालिकाका-३ स्थित पोस्ट हार्भेष्ट अभ्यास सुधार, बजार सम्बन्ध विकास र कृषकसँग कालिमाटी बजार सम्बन्ध कार्यक्रममा समितिले भक्तपुर लोकल काँक्रा, स्थानीय बन्दको बीउ र क्रेट वितरण गरेको हो ।

गाउँपालिकाका अन्तर्गत रहेका ६ वटा सहकारीलाई एक लाख बराबरको काँक्रा , बन्दको बीउ र १०० वटा तरकारी राख्ने क्रेट वितरण गरिएको छ । समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले कृषकसँग कालिमाटी बजार किसिमको कार्यक्रम पहिलो पटक गरिएको दाबी गरे । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्नका काँक्रा , बन्दको बीउ र तरकारी राख्ने क्रेट वितरण गरिएको बताए । 

बालीको उत्पादन लिँदा २० देखि २५ प्रतिशत क्षति हुन्छ । सो क्षतिलाई न्यूनीकरण गर्न क्रेटको प्रयोगले किसानलाई सहयोग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप