कालिमाटी बजारले किसानलाई गर्यो तरकारीको बीउ वितरण
ललितपुर । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले ललितपुर जिल्लाअन्तर्गत महांकाल गाउँपालिकाका किसानलाई तरकारीको बीउ वितरण गरेको छ । गाउँपालिकाका-३ स्थित पोस्ट हार्भेष्ट अभ्यास सुधार, बजार सम्बन्ध विकास र कृषकसँग कालिमाटी बजार सम्बन्ध कार्यक्रममा समितिले भक्तपुर लोकल काँक्रा, स्थानीय बन्दको बीउ र क्रेट वितरण गरेको हो ।
गाउँपालिकाका अन्तर्गत रहेका ६ वटा सहकारीलाई एक लाख बराबरको काँक्रा , बन्दको बीउ र १०० वटा तरकारी राख्ने क्रेट वितरण गरिएको छ । समितिका कार्यकारी निर्देशक डा. महादेव प्रसाद पौडेलले कृषकसँग कालिमाटी बजार किसिमको कार्यक्रम पहिलो पटक गरिएको दाबी गरे । किसानलाई तरकारी उत्पादनमा प्रोत्साहन गर्नका काँक्रा , बन्दको बीउ र तरकारी राख्ने क्रेट वितरण गरिएको बताए ।
बालीको उत्पादन लिँदा २० देखि २५ प्रतिशत क्षति हुन्छ । सो क्षतिलाई न्यूनीकरण गर्न क्रेटको प्रयोगले किसानलाई सहयोग हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढी र पहिरोले देशका मुख्य राजमार्गहरू अवरुद्ध : कहाँ-कहाँ रोकिए सवारी साधन?
-
युवतीलाई बिजुलीको पोलमा बाँधेर कालो मोसो दल्ने चार जना पक्राउ
-
कीर्तिमान भङ्ग गर्ने दाउमा २१ वर्षे युवा सनसनी गुलेर
-
रास्वपा कर्णाली प्रदेशको अधिवेशन सुरु हुँदै, सभापतिका आकाङ्क्षी चार जना
-
एमालेले स्थानीय र प्रदेशसभा निर्वाचनसम्म मिसन जागरण चलाउने, सर्कुलरसहित तोकियो नेताहरूको जिम्मेवारी
-
सुकुमबासी बस्ती हटाएपछि बन्दैछ खुला पार्क र कोरिडोर, ३ अर्ब बजेट प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण