शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

जाउलाखेलस्थित फुटबल ग्राउन्डमा पहिलो स्कुल मिट एक्स्पो २०२४ सुरु

शनिबार, २७ माघ २०८०, २० : ४५
शनिबार, २७ माघ २०८०

काठमाडौँ । ललितपुरको जाउलाखेलस्थित फुटबल ग्राउन्डमा पहिलो स्कुल मिट एक्स्पो २०२४ (स्कुल मेला) सुरु भएको छ । शनिवार आयोजित एक समारोहकाबिच काठमाडौँ महानगरपालिकाका उपमेयर सुनिता डङ्गोलले मेलाको उद्घाटन गरिन् ।

कार्यक्रममा उपमेयर डङ्गोलले स्कुल मेलाले अभिभावकहरूलाई स्कुलको विषयमा विभिन्न जानकारी एकै थलोमा उपलब्ध हुने भएकोले समयको बचत समेत गर्ने बताइन् ।

‘यो नेपालको पहिलो स्कुल मेला हो । मेलाले अभिभावकलाई आफ्ना बच्चाका लागि कस्तो स्कुल हुनपर्छ भन्ने धेरै भन्दा धेरै जानकारी दिन्छ’, डङ्गोलले भनिन्–‘अहिले ठाउँ ठाउँमा गएर स्कुलको बारेमा जानकारी लिनु भन्दा एकै ठाउँमा जानकारी दिनु राम्रो हो ।’ उनले स्कुल मेलाको सफलताको काम गर्दै आगामी वर्षमा पनि यस्ता मेलाले निरन्तरता पाउनुपर्ने धारणा राखिन् ।

आरए इभेन्ट म्यानेजमेन्टको आयोजना र रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीको परिकल्पना एवम् व्यवस्थापनमा ‘स्कुल मिट एक्स्पो २०२४’ आयोजना भएको छ । शुक्रवारबाट सुरु भएको एक्स्पो तीन दिन आइतबारसम्म चल्नेछ ।

एक्स्पोमा उपत्यकाका विभिन्न स्कुलहरूको सहभागिता रहेकोले विशेष गरेर व्यस्त रहने अभिभावकको समय बचत गर्दै बच्चाहरूको लागि उचित स्कुल छान्ने अवसर मिल्ने आयोजक तथा इन्टरनेशनल मोडल तथा फेसन कोच राज फैजुले बताए ।

एक्स्पोमा बच्चाहरूका लागि गेम जोन, फुटसल लगायतका विभिन्न स्टलका अलावा फुटकोट समेत राखिएको छ । एक्स्पो बच्चा र अभिभावकको क्वालिटी समय सदुपयोगका लागि पनि आयोजना गरिएको आयोजकको भनाई छ ।

एक्स्पोका लागि अभिभावक तथा विद्यार्थीहरूको रेस्पोन्स राम्रो रहेकोले यसपटक सहभागी हुन नसकेको स्कुलले समेत अर्को वर्ष सहभागी हुने बताएको फैजुको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप