राष्ट्रिय सुरक्षा नीति चाँडोभन्दा चाँडो बनाऔँ : सांसद गुरुङ
काठमाडौँ । नेकपा(एमाले)का उपमहासचिव तथा सांसद पृथ्वीसुब्बा गुरुङले चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका छन् ।
आइतबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गुरुङले गणतन्त्र स्थापनापछि आजसम्म राष्ट्रिय सुरक्षा नीति नबनेको भन्दै चाँडोभन्दा चाँडो राष्ट्रिय सुरक्षा नीति बनाउनुपर्ने बताएका हुन् । उनले सीमा व्यवस्थापन तथा सञ्चालन सम्बन्धी ऐन पनि बताउनुपर्ने बताए । उनले देशको व्यवस्था फेरिएपनि सरकारको काम गर्ने संयन्त्रहरु नफेरिएको भन्दै यसले काम गर्न गाह्रो भएको बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि राष्ट्रिय सुरक्षा नीति नै छैन हाम्रो अहिलेसम्म । सबै चिजहरुलाई यसले प्रभावित गरिराखेको हुन्छ । राष्ट्रिय सुरक्षा नीति हाम्रो बनाउनुपर्यो । सीमा व्यवस्थापन र सञ्चालन गर्ने पनि ऐन छैन हाम्रो । यो अर्को ठूलो समस्या हो । समस्या भइरहेको छ । सीमा व्यवस्थापन तथा सञ्चालन ऐन चाँडोभन्दा चाँडो ल्याउनपर्यो ।’
सांसद गुरुङले सबै ऐनहरुलाई व्यवस्थित गर्नुपर्नेमा जोड दिए । सबै जनशक्तिको पनि आधुनिकीकरण गर्नुपर्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण