अस्ट्रेलिया उडेका गायक नितेशजंग पासपोर्ट हराएपछि हङकङबाटै काठमाडौँ फर्किए

काठमाडौँ । ‘द रिबर्थ’ सांगीतिक टूरका लागि अस्ट्रेलिया उडेका चर्चित गायक नितेशजंग कुँवर हङकङ अन्तर्राष्ट्रिय विमानस्थलबाटै काठमाडौँ फर्किएका छन् । हङकङ ट्रान्जिटमा पासपोर्ट हराएपछि उनी काठमाडौँ फर्किनु परेको हो ।
६६ घण्टा ट्रान्जिटमै बिताएका उनले पासपोर्टको खोजीका लागि हङकङ विमानस्थल र नेपाली कन्सुलेटको मद्दत माग पनि नभेटेपछि काठमाडौँ फर्कनु परेको छ । कुँवर हङकङबाट नेपाल फर्किएको उनकी प्रेमिका तथा गायिका समृद्धि राईले सामाजिक सञ्जालबाट सार्वजनिक गरेकी छन् । राईका अनुसार कुँवर, आमा र उनीसँग अस्ट्रेलियातर्फ उडेका थिए । कुँवर नेपाल फर्किए पनि आमा र समृद्धि चाहिँ अस्ट्रेलिया उडेका छन् ।
कुँवर नेपाल फर्किएको कारण उनको ‘रिबर्थ’ अस्ट्रेलिया टूर प्रभावित बनेको छ । मेलबर्नको कन्सर्ट पोस्टपोन्ड भए पनि अन्य सहरको कार्यक्रम भने निर्धारित समयमा हुने राईको भनाई छ । हराएको पासपोर्ट पुनः बनाएर फर्किन कुँवर काठमाडौँ आइपुगेको राईले उल्लेख गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची