रणनीतिक विन्दुमा रहेको नेपालले होसियारीपूर्वक कदम चाल्नुपर्छ : झलनाथ खनाल
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा अपेक्षाकृत सन्तुलन कायम हुन नसकेको बताउनुभएको छ ।
पार्टी विदेश विभागको मंगलबार भएको बैठकमा उनले छिमेकी भारत, चीन तथा पश्चिम एसिया मामिलामा नेपालले असन्तुलित नीति अपनाइरहेको आरोप लगाए । पार्टी विदेश विभाग प्रमुख खनालले नेपाल भूराजनीतिक संवेदनशीलता र रणनीतिक विन्दुमा रहेकाले होसियारीपूर्वक कदम चाल्नुपर्नेमा जोड दिए । अर्को एक प्रसङ्गमा पूर्वप्रधानमन्त्रीले समाजवादी मार्ग अनुसरण गर्दै पार्टीलाई बलियो बनाउनुपर्ने र ‘समाजवादी लोकतन्त्र’ का माध्यमबाट मुलुकलाई समृद्ध बनाउनुपर्ने विचार व्यक्त गरे ।
त्यस अवसरमा पार्टी उपाध्यक्ष प्रमेश हमालले चीन जस्ता समाजवादी देशले गरेको विकासबाट नेपालले पनि सिक्नुपर्ने बताए । पार्टी उपमहासचिव विजय पौडेलले सरकारले भारतसँग गरिएको जलस्रोतसम्बन्धी सम्झौताका कागजात उपलब्ध गराउनुपर्ने र त्यसलाई प्रतिनिधिसभाको दुई तिहाइले पारित गर्नुपर्ने विचार व्यक्त गरे ।
विभागका सचिव शङ्कर खतिवडाले विश्वमा बढिरहेको युद्ध र अशान्तिको प्रवृत्तिबारे छलफल गर्न आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण