राजकुमारको प्रेमील गीत ‘तिमी नभए’मा सनम र कविताको रोमान्स
बुधबार, ०२ फागुन २०८०, ०९ : ०३

काठमाडौंँ । गीतकार एवं संगीतकार राजकुमार बगरको शब्द तथा संगीत रहेको गीत ‘तिमी नभए’ सार्वजनिक भएको छ । प्रेम दिवसको अवसर पारेर सार्वजनिक गीतमा नव प्रतिभा रमेश किशोर ढकालले स्वर छ ।
राजु कार्कीको संगीत संयोजन रहेको गीतमा सनम कठायत र कविता न्यौपानेको अभिनय छ । विशेषगरी वियोगान्त गीतहरू रचना गर्न रुचाउने बगरले यसपालि संयोगान्त गीत प्रस्तुत गरेका छन् ।
एभरेस्ट ग्यालेरी नामक युट्यूब च्यानलले बजारमा ल्याएको गीतको भिडियो जनक सिंहले निर्देशन गरेका हुन् । जसमा दीपक गिरीको छायाङ्कन र अमृत चापागाईँको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप लिग २ क्रिकेट : आज नेपाल र नेदरल्याण्ड्सबिच प्रतिस्पर्धा
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश