पातली र दलबहादुरको भ्यालेन्टाइन
दलबहादुरको बाउआमाको नाम छैन उमेर पनि छैन
दलबहादुरको चाहिँ नाम छ उमेर छैन
उसको जुंगाको रेखी छ
उम्लँदो यौवनको सेखी छ
उनीहरूको आरन छ ।
यसभन्दा अघि दलबहादुर अल्छी थियो
तर मधुर घामको झुल्कोसँगै पातली आरनमा प्रवेश गरी
अनि उसको जाँगर बौरियो
नाम उमेर नभएको बाउलाई पन्छाएर
नाम भएको उमेर नभएको दलबहादुर
आज आरनमा बस्यो
उसलाई तातिएको फलाम मन पर्न थाल्यो
राती पातली मन पर्न थाल्यो
पातलीको फुक्दै सुक्दै गरेको छाती लुकेर देखेपछि
उसलाई खलाँती पनि मन पर्न थाल्यो ।
त्यो गाउँमा भ्यालेन्टाइन असारमा आउँछ
हिलोमा आउँछ, गिलोमा आउँछ
दलबहादुरले गोरुको पुछार निमोठेपछी आउँछ
पातलीले बिउको मुठाले हिर्काएपछि आउँछ
रोपारहरूमाथि हिलो के छ्यापेको थियो
उनीहरू सबले भने ‘असत्ती’
पातलीले भनी ‘असत्ती’
अब यो असत्ती र त्यो असत्तीमा फरक देख्दैनौ भने
तिम्रो गुलाफ बाटैमा वैली जाओस्
तिम्रोको मन एक्कासि मैली जाओस्
पातलीका साथीहरू डराए
उनलाई घेरेर कराए
पातली ! तैँले हेरेको मिलेको छैन
तैँले बोलेको मिलेको छैन ।
एक दिन दलबहादुरले पातलीलाई छोयो
कहिल्यै नरोएको दले आज भने रोयो
गुलाफ त म हुँ राजा तर फुलेको छु रातेभीरमा
तिमी टिप्न आउँछौ कि
ओइलेर झरौँ यही पीरमा ?
पातलीको भने नाम उमेर सब छ
उसको ठकुरी जात समेत छ
ज्योतिषीले भन्यो उसको अधिकार छैन
दलबहादुर कामीमा जाने मनको उपचार छैन
नाम उमेर नभएको दलेको बाउको आँगनमा
विश्वयुद्ध भयो
खुकुरीहरू दापबाट निस्किए
भोकाएका भालाहरू तेर्सिए
त्यसपछि के भयो त्यो तिम्रो मन–मुटुमा भर पर्छ
दले कामी र पातली ठकुरीको माया जोगायौँ भने
आज तिम्रो गुलाफ ओइलिँदैन
नत्र... ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण