कविता
गुलाफी प्रेम
बुधबार, ०२ फागुन २०८०, १३ : २५
एकाबिहानै एउटा रातो गुलाफ
ढोका ढकढकाउँछ
भन्छ आज प्रेम दिवस
अर्थात् भ्यालेन्टाइन डे ।
रातो गुलाफ
अझ धेरै गाढा रातो भइदिन्छ
मान्छेहरूले प्रेम गरिरहेसम्म ।
प्रेम पर्खने होइन
कुनै विशेष दिनमा हुने पनि होइन
यो विशुद्ध घटित हुने कुरा हो
प्रेम गर्ने प्रेमिल जोडीहरू रहेसम्म ।
प्रेम प्रकट गर्न दिइन्छ रातो गुलाफ
गहिरो प्रेमको प्रकट हो रातो गुलाफ
प्रेमिल युगान्तकारी दिनमा
रातो गुलाफ चँुडेर
राता प्रेमिल सपना देख्नेहरू रहेसम्म ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोमानिया पठाउने नाममा ठगीधन्दा : आरोपीले ठगेको रकम भेटिएन, उल्टै ऋण देखियो
-
भारतीय चर्चित कोरियोग्राफर टेरेन्स लुइस काठमाडौँमा (तस्बिरहरू)
-
क्षयरोगका कारण प्रत्येक एक लाखमा ५३ जनाको मृत्यु
-
प्रदेश र स्थानीय तहलाई काम गर्ने वातावरण बनाउनुपर्छ : अध्यक्ष दाहाल
-
कानुन निर्माणमा तीन तहका सरकारबिच सहकार्य हुनुपर्छ : सभामुख अर्याल
-
लेबनानमा इजरायली आक्रमण : मृत्यु हुनेकाे संख्या ५ पुग्याे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण