आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बजेट कटौती भएको होइन, प्रधानमन्त्रीको सल्लाहमै खर्चको अनुमान घटाएको हो : अर्थमन्त्री

शुक्रबार, ०४ फागुन २०८०, १० : ४३
शुक्रबार, ०४ फागुन २०८०

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाश शरण महतले आफूले प्रधानमन्त्रीसँग छलफल गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाइएको दाबी गरेका छन् । 

बुधबार बजेटबारे प्रस्ट पार्न मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्रीसँग छलफल र समन्वय गरेर नै बजेटको अनुमानित खर्चको आकार घटाएको दाबी गरेका हुन् । 

त्यस्तै उनले अर्थमन्त्री डा.महतले खर्चको आकार घटाउने सवालमा प्रधानमनत्रीसँगको समन्वयमै भएको जिकिर गरे । 

‘बजेटको विषयमा सिस्टम भित्र घनिभूत छलफल हुन्छ । प्रधानमन्त्रीसँग, अर्थमन्त्रालयभित्र स्वच्छ वृहत् छलफल हुन्छ । प्रधानमन्त्री आफ्नो विचार राख्नुहुन्छ र हामीले पनि आफ्नो भनाइहरू राख्छौँ । यसै बजेटको सिलिङ वा आकार घटाउने भन्ने हुँदैन’ अर्थमन्त्रीले महतले भने, ‘अहिले बजेट खर्चको अनुमान घटाउँदा प्रधानमन्त्रीसँग वृहत् छलफल भएको छ । विषयलाई अतिरञ्जित गरिदिनु भएन ।’ 

माघ २९ गते अर्थमन्त्री महतले अर्धवार्षिक समीक्षाका क्रममा २ खर्ब २१ अर्ब बजेट घटाउने बताएका थिए । बजेट घटाएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टि जनाएको समाचार रातोपाटीले प्रकाशित गरेको थियो ।  त्यसलगत्तै उनी आफ्नो बचाउमा उत्रिएका हुन् । 

बजेट कार्यान्वयनका सवालमा राष्ट्रिय योजना आयोगले दिएको सुझावलाई समेत अर्थ मन्त्रालयले विशेष अध्ययन र मनन् गर्ने गरेको अर्थमन्त्रीले बताए ।

उनले बजेट कटौती नगरेको पनि बताए । ‘बजेट कटौती गरेको होइन, जति बढी खर्च गर्न कोसिस गर्छौँ र राजश्व पनि त्यति नै उठाउने प्रयास गर्छौ’, महतले भने, ‘संसदले पारित गरेको विषय हामीले कटाउन सक्दैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप