२ दिनसम्म इन्टरनेट बन्द
बिहार । भारतको बिहार राज्यको दरभंगा जिल्लामा २ दिनसम्म इन्टरनेटमा रोक लगाइएको छ । सरस्वती पूजापछि मूर्ति विसर्जनका क्रममा भएको हिंसालाई दृष्टिगत गरेर प्रशासनले पूरै जिल्लामा इन्टरनेटमा प्रतिबन्ध लगाएको हो । इन्टरनेटमाथिको प्रतिबन्ध फेब्रुअरी १७ को दिउँसो २ बजेदेखि लागू भई १९ फेब्रुअरी दिउँसो २ बजेसम्म लागू रहनेछ ।
‘दरभंगाका एसपी र डीएमको प्रतिवेदनअनुसार जिल्लामा केही असामाजिक तत्त्वहरूले आपत्तिजनक सामग्री फैलाएर अफवाह फैलाइरहेका छन् । यस्तो अवस्थामा फेसबुक, ट्वीटर, ह्वाट्सएप, टेलिग्राम, गुगल प्लस, वीच्याट, युट्युब जस्ता इन्टरनेट मिडियामा तत्काल सन्देश पठाउने सुविधालाई फागुन १९ गतेसम्म बन्द गरिएको छ ।’ गृह विभागका वरिष्ठ मुख्य सचिव एस सिद्धार्थले आफ्नो आदेशमा भनेका छन् ।
जिल्लाको मुरिया गाउँमा बिहीबार सरस्वती मूर्ति विसर्जनका क्रममा हिंसा भड्किएको थियो । विसर्जनका क्रममा ढुङ्गा हानेपछि त्यहाँ अराजकताको अवस्था सिर्जना भएको थियो । घटनाको जानकारी पाएपछि स्थानीय प्रहरीले आक्रमणकारीहरूलाई नियन्त्रण गर्ने प्रयास गरेका थिए । तर सङ्ख्या धेरै भएकाले प्रहरी पछि हट्नुपर्यो । सो क्रममा प्रहरी नायब निरीक्षक ध्रुव चौधरीसहित कैयौं प्रहरी घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण