क्यानडा–११ ले नेपाल ‘ए’ लाई दियो २ सय ४१ रनको लक्ष्य
काठमाडौँ । नेपालको ‘ए’ टोलीले मंगलबार खेलिएको दोस्रो एकदिवसीय क्रिकेट प्रतियोगितामा क्यानडा–११ लाई हराउन दुई सय ४१ रन बनाउनु पर्ने भएको छ । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडा–११ ले ४९.५ ओभरमा अलआउट हुनुअघि दुई सय ४० रन बनाएको हो ।
भ्रमणकारी टोली क्यानडा–११ लाई ओपनर ब्याट्सम्यानद्वय एरोन जोन्सन र श्रीमन्था विजयरत्नेले गतिलो सुरुआत दिलाएका थिए । उनीहरुले ६४ रनको साझेदारी गरे । एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए ।
चौथो नम्बरका ब्याट्सम्यान नवनित धालिवालले टोलीको खातामा ४६ रन थपे । उनले जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ६० बलमा एक छक्का र ६ चौका हिर्काए । छैटौँ नम्बरमा क्रिज समाल्न आएका श्रेयष मोभाले अर्धशतक बनाए । उनले ६८ रन बटुले । मोभाले ८२ बलमा पाँच चौका हिर्काए ।
नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । शेर मल्ल र रासिद खानले पनि दुई–दुई विकेट हात पारे । सागर ढकाल र बसिर अहमदले पनि एक–एक विकेट लिए ।
नेपालको ‘ए’ टोलीले क्यानडा–११ सँग तीनवटा अनौपचारिक एकदिवसीय खेलको शृंखला खेल्दैछ । शृंखलाको पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । तेस्रो एकदिवसीय खेल बिहीबार खेलिने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण