नेपालगञ्जमा गायिका मेनुका पौडेलको लाइभ कन्सर्ट
काठमाडौँ । इन्डियन आइडलमा सहभागीपछि चर्चाको शिखरमा पुगेकी गायिका मेनुका पौडेलको कन्सर्ट नेपालगञ्जमा हुने भएको छ । अन्तरालको आयोजना र व्यवस्थापन रहेको कन्सर्टको ‘लेट्स सिङ विथ मेनुका’ नाम दिइएको छ । नेपालगञ्ज रंगशालामा हुने कन्सट नेपाल कल्चर फेस्टिवलकै अवसर गर्न लागिएको हो ।
‘गायिका मेनुकाको उपस्थितिले यस क्षेत्रका किशोर किशोरीहरुलाई पनि प्रोत्साहित गरोस् भन्ने हाम्रो उद्देश्य कन्सर्टको हो’, फेस्टिवलका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने, ‘वाद्यवादन टिम सहित मेनुकाको ‘लाइभ’ प्रस्तुत हुनेछिन् ।’ कन्सर्टको टिकट स्टल र क्याफेहरुवाट विक्री गरिनेछ भने अनलाइन वाट समेत किन्न सकिनेछ । विद्यार्थीहरुलाई विशेष सहुलियत रहनेछ ।
दृष्टिविहीन भएर पनि सांगीतिक क्षेत्रमा मेनुकाको लगाव र सफलताले सवैको ध्यान तानेको छ । मेनुकाले नेपाल आइडलमा भाग लिएपछि नेपालीहरु माझ चिनिएकी थिइन् । भारतीय गायन रियालिटि शो ‘सारेगमप’ मा समेत भाग लिएकी मेनुका पौडेलको चर्चा त्यतिवेला चुलियो, जव उनले इन्डियन आइडलमा भाग लिएर आफ्नो स्वरको जादु छरिन् ।
इन्डियन आयडलको प्रस्तुतिले उनलाई विश्वभर चिनायो । भारतीय गीत संगीत र चलचित्र क्षेत्रका विशिष्ट र ख्यातिप्राप्त कलाकर्मीहरुले पौडेलको खुलेर प्रशंसा गरे । उनीहरुले मेनुका पौडेलको गायकी र स्वरको प्रशंसा गर्दै भारतीय महान् गायिका लता मंगेशकरसँग पनि तुलना गरेका छन् ।
इडियन आइडलकै क्रममा उनले भारतीय चलचित्र ‘सलार’ मा गीत रेकर्ड गराएर बलिउड फिल्म इन्डष्ट्रीमा ‘डेब्यु’ समेत गरेकी छन् । उनका नयाँ गीतहरु रेकर्ड हुने क्रम जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
-
१२ बजे १२ समाचार: सरकारमाथि कांग्रेसको निगरानीदेखि ओलीका स्वकीय सचिवमाथि अनुसन्धान सुरुसम्म
-
‘बार्न’ अध्यक्षमा घिमिरे निर्वाचित
-
दरबार रोधीको १८औँ वार्षिकोत्सवमा दृष्टिविहीन कलाकारलाई सहयोगको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण