रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण सार्वजनिक गर्न सांसद थापाको माग
काठमाडौँ । नेकपा(एमाले)का सांसद सूर्य थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको विवरण प्रश्तुत गर्न सरकारसँग माग गरेका छन् । बिहीवार प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै सांसद थापाले रुसी र युक्रेनी सेनामा भर्ती भएका नेपालीहरुको अवस्था र विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।
उनले रुसी सेनामा कति युवाहरु पुगेका छन् ? कतिको मृत्यु भयो ? युक्रेनी सेनामा भर्ना भएका छन् कि छैनन् भन्ने विषयमा सरकारले आधिकारिक रुपमा जानकारी दिनुपर्ने बताए । विवरण संसदमा अविलम्व प्रश्तुत गर्न माग गरे ।
उनले युक्रेनी सेनाको बन्धक रहेका भनिएका दुई जना नेपाली युवाको स्थिति सार्वजनिक गर्न पनि माग गरे । उनले नेपालको घोषित परराष्ट्र नीति अन्तर्गत रुस, युक्रेन वा अन्य विदेशी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन नपाइने भएपनि युवाहरु भर्ती भइरहेका भन्दै कसको संलग्नतामा यस्तो भइरहेको हो भन्ने पनि प्रष्ट पार्नुपर्ने बताए ।
उनले हमासको कब्जामा रहेका भनिएका विपिन जोशीको स्थिति सार्वजनिक गर्न पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण