‘१२औँ राष्ट्रिय लोक सांस्कृतिक मेला’ आयोजना हुने
काठमाडौँ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ नारा सहित ‘१२औँ राष्ट्रिय लोक सांस्कृतिक मेला २०८०’ आयोजना हुने भएको छ । आयोजक एभरेस्ट नेपाल कल्चरल ग्रुपले बिहीबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै मेलाको विभिन्न पक्षको जानकारी दिएको हो ।
फाल्गुन १८ गतेदेखि २७ गतेसम्म चल्ने मेला काठमाडौँ, दाङ, पोखरा र ललितपुरमा आयोजना हुन आयोजक संस्था एभरेस्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष आरसी कोइरालाले बताए ।
‘ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा आबद्ध पाटन दरबार र हनुमानढोका दरबार जस्ता क्षेत्रमा यस्ता कार्यक्रम आयोजना गर्नाले हाम्रो ऐतिहासिक धरोहरहरुको संरक्षण र संवर्द्धनमा प्रत्यक्ष वा अप्रत्यक्ष टेवा पुग्ने विश्वास लिएका छौ’ कोइरालाले भने ‘यसबाट देशको विविध सांस्कृतिक, पुरातात्त्विक र अन्य पर्यटकीय स्थलको मात्र नभई नेपालकै विश्वसामु प्रचार–प्रसार हुने आशा छ ।’
मेलामा अस्ट्रिया, बेल्जियम, बोस्टवाना, इस्टोनिया, जर्मनी, भारत, इन्डोनेशिया, मलेसिया, पोल्यान्ड, साउथ अफ्रिका, र नेपाल लगायत राष्ट्रका विभिन्न सांस्कृतिक समूहका ३५० भन्दा बढी कलाकारहरूले भाग लिनेछन् ।
नेपाल जस्तो बहुजातिय र बहुभाषिक मुलुकमा प्रत्येक जातिका आ–आफ्नै भाषा र संस्कृतिहरू रहँदै आएको सर्व विदितै छ । नेपाली संस्कृति प्रति स्वदेशी भन्दा विदेशी बढी आकर्षित हुनु पर्यटन प्रवर्द्धनका दृष्टिकोणले राम्रै मान्न सकिन्छ । आफ्नो पहिचान र मौलिकता बोकेका संस्कृति प्रति स्वयं नेपाली उदासीन हुनु दुःख लाग्दो पक्ष हो । वर्तमान युवा पिँढी आफ्नो मौलिकतालाई बिर्सिएर पाश्चात्य संस्कृतिमा रमाउन थालेको युवा पिँढीलाई पनि यस तर्फ आकर्षित गर्न यस्तो मेला महत्त्वपूर्ण हुने आयोजकको भनाई रहेको छ ।
मेला २०५८ देखि प्रत्येक २ वर्षमा नियमित आयोजना हुँदै आएको छ । सुरुवातदेखि एघारौँ संस्करणसम्म मेलामा करिब ८५ भन्दा बढी देशका ८५०० भन्दा बढी कलाकारहरूले घर आँगनमा आ–आफ्नो देशको मौलिकता झल्कने झाँकी सहित विविध लोकसंस्कृति कार्यक्रम प्रस्तुत गरिसकेको आयोजकको दाबी रहेको छ ।
नेपाली संस्कृति उत्थान तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनको आफ्नो अभियानलाई निरन्तरता दिँदै लोक संस्कृति आदान–प्रदान गर्नुको साथै नेपालमा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु यस मेलाको प्रमुख उद्देश्य रहेको आयोजकले बताएको छ ।
मेलाको काठमाडौँमा भने फाल्गुण १९ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमकोट गाउँपालिकाद्वारा २० विद्यालयलाई ल्यापटप वितरण
-
मध्यपूर्वमा पुनः युद्धको शंखघोषः इरानद्वारा इजरायलमाथि मिसाइल प्रहार, गाजाका सबै नाका बन्द
-
रास्वपा खोटाङको सभापतिमा थापा
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण