मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

‘मातृभाषा राष्ट्रिय कविता महोत्सव’ सम्पन्न

बिहीबार, १० फागुन २०८०, १६ : २४
बिहीबार, १० फागुन २०८०

सुनसरी । प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष प्रदान गर्दै आएको ‘प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ यस वर्ष नेपाल भाषाका साहित्यकार डा. योगेन्द्रमान प्रधानाङ्ग र उराँव भाषाका साहित्यकार बेचन उराँवलाई प्रदान गरिएको छ ।

सुनसरीको धरानमा आयोजित मातृभाषा राष्ट्रिय कविता महोत्सवमा उनीहरु दुवैलाई जनही १÷१ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको हो ।

कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई, धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी, प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा ) विभाग प्रमुख राजन मुकारुङल भाषाविद् प्रा.डा. टङ्कप्रसाद न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप