सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

३ सय ७४ शय्या लक्षित वर्गको उपचारका लागि उपलब्ध : ५२ वटा अस्पताल प्रणालीमा आबद्ध

बिहीबार, १० फागुन २०८०, २१ : ४३
बिहीबार, १० फागुन २०८०

काठमाडौँ  । काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका ५२ वटा अस्पतालहरु लक्षित वर्गको निःशुल्क उपचारका लागि तयार पारिएको प्रणालीमा आबद्ध भएका छन् । यी अस्पतालहरुमा जम्मा गरेर ३७ सय ४४ वटा शय्या छन् ।

यसको १० प्रतिशत शय्या निःशुल्क उपचारका लागि हो । अस्पतालहरुलाई प्रणालीमा विवरण अद्यावधिक गराउन युजर नेम र पासवर्ड दिइसकिएको छ । यस क्रममा आज ११ वटा अस्पतालहरुले प्रणालीमा आबद्धता जनाएका हुन् ।

आबद्ध अस्पतालहरुमध्ये सबैभन्दा धेरै शय्या हुनेमा काठमाडौँ मेडिकल कलेज, सिनामंगल र मनमोहन ममोरियल मेडिकल कलेज, स्वयम्भू छन् । यी २ वटा अस्पतालमा ३/३ सय शय्या छन् । सबैभन्दा कम १५ शय्याका अस्पताल छन् । यस्ता अस्पतालको संख्या ७ वटा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप