एक्युजिसन अघिको ज्योति लाइफ इन्स्योरेन्सको नाफा जगेडा कोषमा राखिने
काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीसँग एक्युजिसन (गाभिएको) हुनुभन्दा अघिको ज्योति लाइफ इन्स्योरेन्सको नाफा जगेडा कोषमा राखिने भएको छ । तत्कालीन ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्ससँग गाभिई गत वर्ष २०७९ पुस ७ गतेदेखि एकीकृत कारोबारमा गएका थिए ।
गत आर्थिक वर्षको पुस मसान्तसम्मको आर्थिक गतिविधि नाफा–नोक्सान हिसाब खाताबाट कम्पनीले केही नाफा आर्जन गरेकोमा उक्त नाफा एकीकृत कारोबार पछिको सूर्य ज्योति लाइफ इन्स्योरेन्सको जगेडा कोषमा राखिने भएको हो ।
२०८० फागुन १० गते बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको ३६९ औँ बैठकले उक्त निर्णय गरेको हो । साथै, साबिक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोष लगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्य ज्योति लाइफ इन्स्योरेन्समा समायोजन गर्ने निर्णय समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण