राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रतिनिधिसभामा प्रस्तुत
आइतबार, १३ फागुन २०८०, १५ : ११
काठमाडौँ । गत फागुन १० गते बसेको प्रतिनिधिसभा बैठकमा गणपूरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन विधेयक २०८० प्रतिनिधिसभामा पेश भएको छ । विधेयक प्रस्तुत गर्न नेमकिपा सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले विधेयक प्रस्तुत गरेका हुन् ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को केही व्यवस्थाहरूमा अध्यादेशले संशोधन गरेको र सो पश्चात् सो अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिक व्यवस्था कायम राख्न आवश्यक देखिएकोले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक पेश गरेको श्रेष्ठले बताएका छन् । प्रतिनिधिसभाको अर्को बैठक सोमबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा मेक्सिकोको सानदार प्रदर्शन, पहिलो हाफमै इक्वेडरविरुद्ध २–० को अग्रता
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण