संसद् बैठक
प्रतिनिधि सभाको दोस्रो बैठक : सांसदहरूले उठाएको कुराको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ
सोमबार, १४ फागुन २०८०, १५ : ०६
काठमाडौँ । १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः सुरु भएको छ । प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले सांसदहरूले उठाएका विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन नेपाल सरकारलाई रुलिङ गरेका छन् ।
रुलिङ भएसँगै सभाको बैठक नियमित रूपमा सुचारु भएको छ । सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने, ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’
यस अघिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले विवादित मन्त्रीहरूको राजीनामाको माग गरेका थिए । मन्त्रीहरू विवादमा आएको सम्बन्धमा प्रधानमन्त्रीको जवाफ समेत माग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
-
रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ आज
-
जन्मसिद्ध नागरिकतासम्बन्धी १५० वर्ष पुरानो नीति खारेज गर्ने ट्रम्पको योजनामा सर्वोच्चको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण