सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्छ : प्रमुख दाहाल

सोमबार, १४ फागुन २०८०, १६ : ११
सोमबार, १४ फागुन २०८०

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी कार्यभार भरतपुरको उद्यमशिलताको विकास रहेको बताएकी छन्। भरतपुर २२ को नवनिर्मित भवन, १६ शय्याको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रूपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास पर्याप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुनुपर्ने उल्लेख गरेकी हुन् ।

महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेख्य काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशीलतामा लग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,’ उनले भनिन्, ‘शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेन्डा हाम्रो छ ।’

वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रूपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो ।

२ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए ।यस्तै बागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ ।

एसियाली विकास बैंक/जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शय्याको अस्पताल निर्माण भएको हो । यसको स्वामित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरे । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको उनले बताए । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विशेष कामहरू अगाडि बढाइरहेको उनको भनाई थियो । 

कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललगायतले मन्तव्य राखेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप