सुरेनको ‘सल्लेरी पाखाहरू’ मा दिक्पाल र जिशुको अभिनय
सोमबार, १४ फागुन २०८०, १६ : ४६

काठमाडौँ । सुरेन गौतमको स्वरमा रहेको गीत ‘सल्लेरी पाखाहरू’ सार्वजनिक भएको छ । विशाल पौडेलको संगीत रहेको गीतमा सुरेनकै शब्द छ । गीतको भिडियोमा दिक्पाल कार्की र जिशु कोइरालालाई फिचरिङ गरिएको छ ।
पिटर गुरुङको निर्देशन रहेको भिडियो दिपेन खड्काले छायांकन गरेका हुन् । विष्णुहरि तिमिल्सिनाको सम्पादन रहेको भिडियो सुरेन गौतम म्युजिक युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
‘गीत र म्युजिक भिडियो दुवै अत्यन्त आकर्षक बनेको छ र दर्शक श्रोताको मन जित्नेमा दुइमत नरहेको गायक गौतमले बताए । लामो समयदेखि गीत संगीतमा सक्रिय गौतमका यसअघि पनि थुप्रै गीत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जेन–जी पुस्तामा ह्युमन टच कम, एक्लोपन बढी छ’
-
म्याग्दीको विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा
-
राष्ट्रपति रामचन्द्र पौडेलको शुभकामना सन्देश
-
प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश
-
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको शुभकामना सन्देश
-
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको शुभकामना सन्देश