लुम्बिनी प्रदेशसभा : ६ महिनापछि बसेको बैठक ६ मिनेटमा सकियो
शुक्रबार, १८ फागुन २०८०, १७ : २२
बुटवल । लुम्बिनी प्रदेश सभाको ६ महिनापछि बसेको बैठक ६ मिनेटमा सकिएको छ । प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक ६ मिनेट नपुगी सकिएको हो ।
शुक्रबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा संसदीय दलको तर्फबाट बोल्ने कार्यक्रम नराख्ने सहमति अनुसार बैठकको समय छोट्टिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । प्रदेश सभाको अर्को बैठक शनिबार दिउँसो २ बजे बस्ने सभामुख तुलाराम घर्तीमगरले बताए ।
शनिबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी रहेको छ । शुक्रबारको बैठकमा सभामुख घर्तीमगरले प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण