साउदी अरबद्वारा सन् २०३४ को विश्वकपको आयोजना गर्न औपचारिक दाबी पेस

रियाद । सन् २०३४ को विश्वकप आयोजना गर्नका लागि साउदी अरबले औपचारिक रूपमा दाबी पेस गरेको छ । गत अक्टोबरमा विश्वकप आयोजनाका लागि इच्छा घोषणा गर्ने फिफाको अन्तिम मितिअघि अस्ट्रेलिया यो दौडबाट बाहिरिएपछि साउदी यसको एकल दाबेदार रहेको छ ।
एकल दाबेदार भए पनि फिफाको नियम अनुसार साउदी अरबले औपचारिक रूपमा आफ्नो प्रस्ताव पेस गर्नुपर्छ । अब यो वर्ष आयोजना हुने फिफा कंग्रेसले आयोजकको नाम फाइनल गर्नेछ ।
साउदी अरेबियन फुटबल फेडरेसन (साफ) का अध्यक्ष यासेर अल मिसेहलले देशको ‘द्रुत गतिको रूपान्तरण’ का कारण यो दाबी सम्भव भएको बताए । आफ्नो देशको फुटबलको कथा विश्वलाई देखाउन महत्त्वपूर्ण रहेको उनको भनाई थियो ।
राजकुमार मोहम्मद बिन सलमानले देशको अर्थतन्त्रमा विविधता ल्याउने रणनीति अपनाएसँगै सन् २०२१ यता साउदी अरबले खेल क्षेत्रमा ५ अर्ब पाउन्ड लगानी गरेको छ । देशले फुटबलका साथै फर्मुला वान, गल्फ र बक्सिङजस्ता खेलहरू आयोजना गरेको छ । त्यस्तै, देशको पब्लिक इन्भेस्टमेन्ट फन्डले चार वटा साउदी प्रो लिग क्लबमा नियन्त्रण बनाउनुका साथै प्रिमियर लिगको न्युक्यासल क्लब खरिद गरेको छ ।
–बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
मनसुनीसहित चार वायु थप सक्रिय : आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
इरानमा बढ्दो तनावका कारण अस्ट्रेलियाले तेहरानस्थित दूतावास बन्द गर्यो