राजनीतिक प्रणाली ठिक ठाउँमा ल्याउनुपर्छ : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक प्रणाली ठिक नभएसम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउँदै राजनीतिक प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने बताएका छन् । सरकारको आर्थिक नीतिमा केही कमी कम्जोर देखिएकाले आर्थिक क्षेत्रमा समस्या देखिएको समेत उनले बताए ।
शनिबार उद्योग बाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । अहिलेको असहज अवस्थामा नआतिकन आफ्नो व्यवसायमा लाग्न उद्योग व्यवसायीलाई आग्रह गर्दै उनले सरकार र पार्टीले मुलुकको अर्थतन्त्रको सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताए । कानुनी रुपमा देखिएका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफूहरु लाग्ने नेता सिंहले बताए ।
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले काम गर्ने अवस्था नरहेकोमा चिन्ता व्यक्त गर्दै सरकार र नेपाली कांग्रेसले विशेष ध्यान दिन आग्रह गरेका छन् । नेपाली कांग्रेस चितवनको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन चितवन आएका सिंह सो छलफलमा सहभागी भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण