मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक  प्रणाली ठिक ठाउँमा ल्याउनुपर्छ : प्रकाशमान सिंह

शनिबार, १९ फागुन २०८०, ११ : २९
शनिबार, १९ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीतिक प्रणाली ठिक नभएसम्म अरु कुनै पनि कुरा ठिक हुन नस्कने बताउँदै राजनीतिक  प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने बताएका छन्  । सरकारको आर्थिक नीतिमा केही कमी कम्जोर देखिएकाले आर्थिक क्षेत्रमा समस्या देखिएको समेत उनले बताए  ।  

शनिबार उद्योग बाणिज्य संघ चितवनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता सिंहले सो कुरा बताएका हुन् । अहिलेको असहज अवस्थामा नआतिकन आफ्नो व्यवसायमा लाग्न उद्योग व्यवसायीलाई आग्रह गर्दै उनले सरकार र पार्टीले  मुलुकको अर्थतन्त्रको सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताए । कानुनी रुपमा देखिएका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफूहरु लाग्ने नेता सिंहले बताए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले काम गर्ने अवस्था नरहेकोमा चिन्ता व्यक्त गर्दै सरकार  र नेपाली कांग्रेसले विशेष ध्यान दिन आग्रह गरेका छन् ।   नेपाली कांग्रेस चितवनको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन चितवन आएका सिंह सो छलफलमा सहभागी भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप