विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायका गीत टिसर्टमा प्रदर्शन
काठमाडौँ । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायले आफ्ना सयभन्दा बढी गीत टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गरेका छन् । डा. उपाध्यायले शुक्रबार काठमाडौँको नक्सालस्थित बहिरा केन्द्रीय विद्यालयमा सयभन्दा बढी गीत टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गरेका हुन् ।
आफ्ना गीत फरक(फरक तरिकाले प्रदर्शन र प्रस्तुत गर्ने क्रममा आफूले टिसर्टमा प्रिन्ट गरेर प्रदर्शन गरेको डा. उपाध्यायले जानकारी दिए । बहिरा स्कुलका विद्यार्थीले डा.उपाध्यायका गीत प्रिन्ट भएका टिसर्ट लगाएर प्रदर्शन गरेका थिए । स्कुलका प्राध्यापक उपेन्द्र पराजुलीले डा.उपाध्यायको कार्यलाई प्रशंसा गरेका थिए । यस्तै अन्य अतिथिहरूले डा. उपाध्यायलाई उक्त कार्यका लागि बधाई तथा शुभकामना दिएका थिए ।
डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गरेका छन् । यस्तै, उनका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गरेका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् । स्कुलका शिक्षक विद्यार्थीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै डा. उपाध्यायले आफ्ना विश्व कीर्तिमानको संख्या १५३ पुग्ने तयारीमा रहेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण