काठमाडौँ । यो वर्ष पनि काठमाडौँमा विशुद्ध शाकाहारी (माछामासु मात्रै होइन, दहीदुध घिउ पनिरसमेत प्रयोग नहुने शाकाहारी) खाना महोत्सव आयोजना गरिएको छ। पशु कल्याणसम्बन्धी कार्य गर्ने उद्देश्यले स्थापित स्नेहाज केयरले यो कार्यक्रम सञ्चालन गरेको हो।
बौद्धको उत्पला क्याफेमा भिगन फेस्टिभल आयोजना गरिएको हो । दुग्धजन्य पदार्थको प्रयोग बिना बनाइने परिकारको प्रवर्धन गर्नको लागि यस फेस्टिभलको आयोजना गरिएको हो । फेस्टिभलमा भिगन विङ्ग्स, ससेज, भिगन मःमः, भिगन सुकुटी लगायतका परिकार प्रदर्शनी तथा बिक्रीमा राखिएको छ ।
यस संस्थाले सन् २०१८ देखि वनस्पतिमा आधारित आहार (भिगन डाइट) को उपभोगले व्यक्तिको स्वास्थ्य साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, यससम्बन्धी जनचेतना मूलक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ।
यस महोत्सवलाई भव्य बनाउन लाइभ म्युजिक, नृत्य प्रस्तुति, वृत्तचित्र स्क्रिनिङ, बालबालिकाका निम्ति प्रतिस्पर्धात्मक खेल लगायत पनि आयोजना हुनेछ ।
_AUlGvLuFaG.jpg)
_Q1lBsCZisR.jpg)
_cnyGF3hLv2.jpg)
_qmqDKI50CV.jpg)
_onUmIB2dST.jpg)
_kSth0GDwYE.jpg)
_5qtypQYEmX.jpg)
_OzQTHS8PVJ.jpg)
_TL7kz0Onb5.jpg)
_Cht6hyGBUA.jpg)
_rwkgn1Z1IC.jpg)
_mpJokNoCPH.jpg)
_BeEO2jEKu4.jpg)
_lwJL3QAoCA.jpg)
_1Rqq3T4k5g.jpg)
_3hIuOwX5yM.jpg)
_JCwHZFDf9k.jpg)
_UsMxfX4fsT.jpg)
_9FajnXgbP7.jpg)
_v9myHMmQON.jpg)
_5ZzGuPISdQ.jpg)
_dYTcovvgUt.jpg)
_DZYDXMfxA5.jpg)
_xQpX6ItARz.jpg)
प्रतिक्रिया