सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जिम्मेवारीबाट भागेर प्रवृत्तिबारे कांग्रेस सचेत हुनुपर्छ : नेता सिंह

आइतबार, २० फागुन २०८०, १३ : ०८
आइतबार, २० फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लोकप्रिय हुने नाममा पार्टीलाई कमजोर बनाउन नहुने बताएका छन् । चितवनको रत्ननगरमा आइतबार भएको कार्यक्रममा सिंहले पार्टीभित्र केही असन्तुष्टि रहे पनि यी तमाम असन्तुष्टिको समाधान गर्दै जानुपर्ने बताए ।

‘अरूलाई दोष देखाएर आफ्नो जिम्मेवारीबाट भागेर अगाडि बढ्न खोज्ने प्रवृत्ति बढ्दै गएकोले कांग्रेस सचेत हुनुपर्छ,’ सिंहले भने, ‘कांग्रेस ठुलो पार्टी भएकोले आन्तरिक जीवनलाई पनि व्यवस्थापन गर्नुपर्छ।’

उनले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको जीवनीबाट धेरै कुरा सिक्न सकिने पनि बताएका थिए । उनले नेतालाई मात्र गाली गरेर नहुने पनि बताए । उनले पार्टीका तर्फबाट उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले पार्टीसँग समन्वय गर्नुपर्ने बताए ।

फरक प्रसङ्गमा उनले तत्काल गठबन्धनभित्र कुनै समस्या नदेखिएको बताए । गठबन्धनको राजनीतिमा इमानदारिताका साथ अगाडि बढ्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश उपसभापति मोहनबहादुर बस्नेत, चितवनका सभापति राजेश्वर खनाल र बागमती प्रदेश स्वास्थ्यमन्त्री उत्तम जोशी लगायतले समसामयिक विषयमा आफ्नो विचार व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप