छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुग्यो ‘नमेटिने घाउ’
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओली र सांसद ज्ञानेन्द्र शाहीको समेत अभिनय रहने बताइएको फिल्म ‘नमेटिने घाउ’ छायाङ्कनका लागि चन्द्रनिगाहपुर पुगेको छ । गत १४ गते पोखरबाट छायाङ्कन सुरु भएको फिल्म वीरगन्जको केही दिनको छायाङ्कनपछि अहिले चन्द्रनिगाहपुर पुगेको हो । अब १५ दिन फिल्म चन्द्रनिगाहपुरको बुढीमेला भन्ने गाउँमा छायाङ्कन हुनेछ ।
फिल्मका निर्देशक अभिनेता रमित ढुङ्गाना हुन् । रमितले अहिलेसम्म फिल्मको ३० प्रतिशत छायाङ्कन सकिएको बताए । उनले सोचेभन्दा तीव्र गतिमा फिल्मको काम भइरहेको जानकारी दिए ।
तेजाब आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनको जीवनीमा आधारित रहेर निर्माण हुन लागेको फिल्मका निर्माण नियन्त्रक भोला सुवेदी हुन् । शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको फिल्ममा ५ जना तेजाब आक्रमणमा परेकाहरूको कथालाई समावेश गरिएको छ ।
सुरवीर पण्डित, रचना गौतम, रामचन्द्र अधिकारी, सिम्रन खड्का, प्रभात ठकुरी लगायतको कलाकारको मुख्य भूमिका रहने फिल्मका छायाकार नीरज कँडेल हुन् । रमित ढुंगाना फिल्म प्रोडक्सन प्रा.लीको ब्यानरमा बन्न लागेको फिल्म चन्द्रनिगाहपुरपछि काठमाडौँ, भक्तपुर र काभ्रे पनि छायाङ्कन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वयम्भू महाचैत्यको गुम्बजबाट वर्षौँदेखि जमेको चुना हटाइँदै (तस्बिरहरू)
-
एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-
परराष्ट्रमन्त्री खनाल चीन प्रस्थान, यस्तो छ भ्रमण कार्यतालिका
-
स्कटल्यान्डले निकाल्यो हाइटी विरुद्ध १–०को जीत
-
किन घट्दै छ सुनको मूल्य ?
-
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण