सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला

त्रिकोणात्मक टी–२० शृङ्खला : विश्व कीर्तिमानदेखि सर्वाधिक रन र सर्वाधिक विकेटसम्म

मङ्गलबार, २२ फागुन २०८०, १८ : ३६
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको उपाधि नेदरल्यान्ड्सले जित्यो । डच टोलीले मंगलबार कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिएको फाइनल खेलमा नेपाललाई चार विकेटले हराउँदै उपाधि चुमेको हो ।  

टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेदरल्यान्ड्सले १९.३ ओभरमा ६ विकेट गुमाएर एक सय ८९ रन बनाउँदै विजय लक्ष्य पार गर्‍यो ।

शृङ्खलामा तेस्रो टोलीका रूपमा नामिबियाको सहभागिता रहेको थियो । नामिबिया लिग चरणको खेलबाटै घर फर्किएको थियो । फाइनल खेलपछि विजयी टोली र खेलाडीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वअर्थमन्त्री विष्णु पौडेल, वरिष्ठ कलाकार हरिवंश आचार्यलगायतले पुरस्कार वितरण गरे ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीका क्रममा यो शृङ्खला खेलिएको हो । यो शृङ्खलामा सहभागी तीनवटै राष्ट्र टी–२० विश्वकपको नवौँ संस्करणमा छनोट भएका छन् ।

मंगलबार सम्पन्न त्रिकोणात्मक शृङ्खलामा एउटा विश्व कीर्तिमान पनि बन्यो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सर्वाधिक रनको कीर्तिमान पनि यही शृङ्खलामा बन्यो । यो शृङ्खलामा उत्कृष्ट प्रदर्शन गर्ने टोली र खेलाडीको विषयमा यहाँ चर्चा गरिएको छ ।

  • नेदरल्यान्ड्सका लेभिट म्यान अफ दी म्याच

त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान माइकल लेभिट म्यान अफ दी म्याच घोषित भए । डच टोलीलाई उपाधि चुमाउन फाइनल खेलमा लेभिटले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ओपनर ब्याट्सम्यान लेभिटले ५४ रनको योगदान गरेका थिए । उनले केवल २९ बलको सामना गरी तीन छक्का र ६ चौका हिर्काएका थिए । त्यसअघि उनले दुई विकेट पनि लिएका थिए ।

लेभिटले नेपालका ओपनर ब्याट्सम्यान आसिफ शेखलाई ४७ र नेपाली टोलीका कप्तान रोहित पौडेललाई २५ रनमा आउट गराएका थिए । यसका अतिरिक्त उनले एउटा क्याच पनि लिएका थिए ।

palyer of the series lev

  • लेभिट सर्वाधिक रन बनाउने ब्याट्सम्यान

जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेदरल्यान्ड्सका माइकल लेभिट सर्वाधिक रन बनाउने ब्याट्सम्यान बने । उनले शृङ्खलाको चार पालीमा ६१.७५ को औसतले कुल दुई सय ४७ रन बनाए ।

यस क्रममा उनले एक शतक र दुई अर्धशतक पनि हिर्काएका थिए । प्रतियोगिता अवधिभरमा उनले लेभिटले १६ छक्का र २३ वटा चौका पनि प्रहार गरेका थिए ।

सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा नेपालका कप्तान रोहित पौडेल दोस्रो स्थानमा रहे । उनले पाँच पालीमा ३४.६ को औसतले कुल एक सय ७३ रन बनाए ।

रोहितले एउटा अर्धशतक पनि प्रहार गरे । प्रतियोगिता अवधिभरमा कप्तान रोहितले सात छक्का र १७ वटा चौका पनि प्रहार गरेका थिए ।

431266901_820608330095549_3943669825107143510_n

  • कुशल मल्ल सर्वाधिक विकेट लिने बलर

नेपालका कुशल मल्ल र नामिबियाका रुबेन ट्रम्पलम्यान सर्वाधिक विकेट लिने बलर बने । कुशल मल्लले चार पाली खेल्दै सात विकेट लिए । कुलशले फाइनल खेलमा मात्र चार विकेट लिएका थिए ।

यसका अतिरिक्त जारी शृङ्खलामा उनले एउटा अर्धशतक पनि बनाएका थिए । सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि उनी छैटौँ स्थानमा रहे । उनले कुल एक सय २६ रन बनाएका थिए ।

यसैगरी नामिबियाका ट्रम्पलम्यानले तीन पालीमा सात विकेट लिएका थिए । शृङ्खलामा उनको उत्कृष्ट प्रदर्शन २९ रन खर्चिएर चार विकेट रह्यो ।

नेपालका करण केसी, नेदरल्यान्ड्सका भिभियन किङ्गमा र नेदरल्यान्ड्सकै टिम भान डर गुटेनले पनि शृङ्खला अवधिभरमा ६–६ विकेट लिए ।

431188191_820638946759154_1047175679755206310_n

  • नेदरल्यान्ड्स सर्वाधिक योगफल बनाउने टोली

त्रिकोणात्मक शृङ्खलामा नेदरल्यान्ड्स सर्वाधिक योगफल बनाउने टोली बन्यो । नेदरल्यान्ड्सले लिग चरणको नामिबियाविरुद्धको खेलमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो ।

सर्वाधिक योगफल बनाउने टोलीको सूचिमा नामिबिया दोस्रो स्थानमा रह्यो । नामिबियाले लिग चरणको खेलमा नेपालविरुद्ध चार विकेट विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो ।

  • स्कट एडवार्डस सफल विकेटकिपर

शृङ्खलामा नेदरल्यान्ड्सका स्कट एडवार्डस सबैभन्दा सफल विकेटकिपर बने । उनले प्रतियोगितामा विभिन्न टोलीका ६ जना ब्याट्सम्यानलाई पेभेलियन फर्काउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले पाँच ब्याट्सम्यानको क्याच लिएका थिए भने एक ब्याट्सम्यानलाई स्टम्पिङ गरेका थिए ।  

430862281_818797603609955_3599910058670456114_n

सफल विकेटकिपरको सूचिमा नेपालका आसिफ शेख दोस्रो स्थानमा रहे । उनले प्रतियोगितामा विभिन्न टोलीका चार ब्याट्सम्यानलाई आउट गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले दुई ब्याट्सम्यानको क्याच लिए भने दुई ब्याट्सम्यानलाई स्टम्पिङ गरे ।

  • फ्राइलिंक सर्वाधिक क्याच लिने फिल्डर

यसैगरी जारी शृङ्खलामा नामिबियाका जन निकोलस फ्राइलिंक सबैभन्दा बढी क्याच लिने फिल्डर बने । उनले प्रतियोगिता अवधिभरमा कुल चारवटा क्याच लिएका थिए । उनले एउटै खेलमा तीनवटा क्याच लिएका थिए ।

GHBH0LjaQAATCw4

सर्वाधिक क्याच लिने फिल्डरको सूचिमा नामिबियाकै जन निकोल लफ्टी एटन दोस्रो स्थानमा रहे । उनले प्रतियोगिता अवधिभरमा तीनवटा क्याच लिएका थिए । एटनले एउटै खेलमा दुईवटा क्याच लिएका थिए ।

यसका अतिरिक्त नामिबियाकै जोहानेश जोनाथन स्मित, नेपालका दीपेन्द्रसिंह ऐरी र नेपालका गुलसन झाले पनि शृङ्खलामा तीन–तीनवटा क्याच लिएका थिए ।

  • सबैभन्दा ठुलो साझेदारी

जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा सबैभन्दा ठुलो साझेदारी गर्ने कीर्तिमान डच टोलीका ब्याट्सम्यानको नाममा रह्यो । नेदरल्यान्ड्सका ब्याट्सम्यानले उक्त कीर्तिमान नामिबियाविरुद्धको खेलमा बनाएका थिए ।

उक्त खेलमा नेदरल्यान्ड्सका माइकल लेभिट र साइब्रान्डले दोस्रो विकेटका लागि एक सय ९३ रनको साझेदारी गरेका थिए । ओपनर ब्याट्सम्यान लेभिटले एक सय ३५ रन बनाएका थिए ।

जारी शृङ्खलाको एउटै पालीमा कुनै पनि ब्याट्सम्यानले बनाएको पनि यो उच्च रन हो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका साइब्रान्डले पनि उक्त खेलमा ७५ रन जोडेका थिए ।

दोस्रो ठुलो साझेदारी नामिबियाका ब्याट्सम्यानले गरेका थिए । नामिबियाका ब्याट्सम्यानले उक्त साझेदारी नेपालविरुद्धको खेलमा गरेका थिए । उक्त खेलमा नामिबियाका मलान क्रुगर र जन निकोल लफ्टी एटनले चौथो विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका थिए ।

नामिबियाका ओपनर ब्याट्सम्यान क्रुगरले ४८ बलमा दुई छक्का र ६ चौकाको मद्दतले ५९ रन बनाएका थिए । पाँचौँ नम्बरका ब्याट्सम्यान एटनले केवल ३६ बलको सामना गरी आठ छक्का र ११ चौकाको मद्दतले एक सय एक रन बनाएका थिए ।  

429803172_819310060225376_8922445811297637484_n

  • कीर्तिपुर मैदानमा सर्वाधिक रनको कीर्तिमान

यही शृङ्खलामा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कीर्तिमानी रन पनि बनेको थियो । शृङ्खलाको लिग चरणको खेलमा नेदरल्यान्ड्सले नामिबियाविरुद्ध पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो ।

कीर्तिपुर मैदानमा कुनै पनि टोलीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो सर्वाधिक रन थियो । नेदरल्यान्ड्सले टस जितेर पहिले ब्याटिङ गर्दै उक्त रन बनाएको थियो । नेदरल्यान्ड्सले उक्त खेलमा नेपालको कीर्तिमान तोडेको थियो ।

त्यसअघि कीर्तिपुर मैदानमा सन् २०२१ को अप्रिल २४ मा खेलिएको नेदरल्यान्ड्सविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको थियो । नेदरल्यान्ड्सले त्यही कीर्तिमान तोडेको थियो ।

कीर्तिपुर क्रिकेटमा मैदानमा बनेको तेस्रो ठुलो स्कोर पनि नेपालको नाममा छ । नेपालले सन् २०१९ को डिसेम्बर ५ तारिखमा सम्पन्न टी–२० क्रिकेटमा भुटानविरुद्ध तीन विकेट गुमाएर दुई सय ३६ रन बनाएको थियो ।

  • सर्वाधिक छिटो शतकको विश्व कीर्तिमान

जारी शृङ्खलामा एउटा विश्व कीर्तिमान पनि बन्यो । उक्त कीर्तिमान नामिबियाका ब्याट्सम्यान जन निकोल लफ्टी ईटनले बनाएका हुन् । उनले नेपालविरुद्धको खेलमा त्यो कीर्तिमान बनाएका थिए ।

lofty-eaten

पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ईटनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा पारेका थिए । उनी नेपाली ब्याट्सम्यान कुशल मल्लको कीर्तिमान तोड्दै सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडी बनेका हुन् ।

ईटनले केवल ३३ बलमा शतक पुरा गरेका थिए । कुशल मल्लले भने सन् २०२३ को सेप्टेम्बर २७ तारिखमा खेलिएको मंगोलियाविरुद्धको खेलमा ३४ बलमा शतक बनाएका थिए । चीनमा सम्पन्न एसियाली खेलकुदअन्तर्गत खेलिएको उक्त खेलमा कुशल मल्लले केवल ५० बलमा अविजित एक सय ३७ रन बनाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप