मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

युक्रेनले कृष्ण सागरमा रुसी गस्ती जहाज ध्वस्त पार्‍यो

मङ्गलबार, २२ फागुन २०८०, २१ : २९
मङ्गलबार, २२ फागुन २०८०

कीभ । युक्रेनको गुप्तचर एकाइ "समूह १३" ले मङ्गलबार राति कृष्ण सागरमा एउटा रुसी गस्ती जहाजलाई नष्ट बताएको छ । युक्रेनी रक्षा मन्त्रालयको मुख्य गुप्तचर निर्देशनालयले टेलिग्राम पोस्टमा  सो घटना उल्लेख गरेको छ ।

रुसी ब्ल्याक सी फ्लीट जहाज "सर्गेई कोटोभ" मागुरा भी-५ समुद्री ड्रोनले केर्च स्ट्रेट नजिकै प्रहार गरेको बताइएको छ ।

अक्रमणबाट जहाजमा व्यापक क्षति पुगेको छ । रुसले हालसम्म उक्त घटना बारे कुनै प्रतिक्रिया दिएको छैन । -(रासस-सिन्ह्वा) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप