ओलम्पिक खेलाडीहरुलाई गण्डकी सरकारले दिन थाल्यो मासिक ५ हजार भत्ता
पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशबाट ओलम्पिक खेलमा सहभागी भएका खेलाडीहरुलाई मासिक ५ हजार भत्ता दिन थालेको छ । वर्षमा जनही ६० हजार पर्ने गरी भत्ता दिन थालिएको सरकारले जनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधवार पहिलोपटक भत्ता वितरण गरेका हुन् ।
सम्मानित हुनेहरुमा बाग्लुङकी भगवती खत्री, गोरखाका टिकाबहादुर बोगटी, ऋषिराम प्रधान, ज्ञानबहादुर बोहोरा, तनहुँका सिताराम शाही, राजेन्द्रबहादुर भण्डारी, कास्कीका मनिषा अधिकारी, नारायणबहादुर गुरुङ र नवलपुरका तिलकराम थारु छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा ओलम्पियनहरुलाई सम्मान गर्दै मुख्यमन्त्री पाण्डेले सरकार र खेलाडीबिचको सम्बन्ध सँधै रहनुपर्ने र उनीहरुको योगदानलाई सरकारले सम्झनुपर्ने सुनाए । ‘हिजो राष्ट्रका लागि खेल्नुभएका खेलाडीहरु आज कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, राज्यले खोज्नुपर्छ,’ उनले भने, ‘स्रोत भएसम्म राज्यले सम्बोधन पनि गर्नुपर्छ । गण्डकीले त्यसकै सुरुवात गरेको हो ।’
अबदेखि निरन्तर भत्ता उपलब्ध गराउने मुख्यमन्त्री कार्यालयले जनाएको छ । यस्तै, गण्डकी प्रदेश सरकारले खेलाडी कल्याणकारी कार्यक्रम अन्तर्गत यस वर्ष प्रदेश खेलकुद परिषद्मा सूचीकृत भएका पाँच सय ९४ जना र राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा सहभागी भएका एकसय जनाको स्वास्थ्य बिमा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण