प्रचण्डको कार्यशैलीप्रति बाबुरामको कटाक्ष : उथलपुथल अग्रगामी कि पश्चगामी ?
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पककमल दाहाल प्रचण्डले आफ्नो आधारभूत सोच र कार्यशैलीप्रति पटक्कै ध्यान नदिएको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले बुधवार मन्त्रीमण्डल पुनर्गठन गरेलगत्तै सामाजिक सञ्जाल फेसबुकमार्फत अध्यक्ष भट्टराई प्रधानमन्त्रीको कार्यशैलीप्रति कटाक्ष गर्दै सो कुरा बताएका हुन् ।
भट्टराईले भनेका छन्– ‘धूल चेहरे पर थी और मैं आइना साफ करता रहा” ! गालीबको यो चर्चित कवितांश झैं हाम्रा प्रम राम्रो परिणाम आएन भनेर पटकपटक गठबन्धन र मन्त्रीहरू फेरिरहनु भएको छ तर आफ्नो आधारभूत सोंच, नीतिकार्यक्रम , प्राथमिकता र कार्यशैलीमा पो त्रुटी छ कि भन्नेतिर पटक्कै ध्यान दिएको देखिन्न।’
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रधानमन्त्री प्रचण्ड जनयुद्धका सर्वोच्च कमाण्डर समेत रहेको बताउँदै शान्तिप्रक्रिया पुरा गर्ने कुरालाई प्राथमिकतामा राख्नुपर्दैन ? भन्दै प्रश्न समेत गरेका छन् । उनले भनेका छन्-‘जनयुद्धका सर्वोच्च कमाण्डरले पटक-पटक प्रम हुॅदा शान्तिप्रकृया पूरा गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्दैन ? शान्तिप्रक्रियाका प्रमुख हिस्सेदार कांग्रेस र एमाले र तीसंग जोडिएका शक्तिकेन्द्रहरू सबैलाई साथ लिएर शान्तिप्रक्रिया टुंगिन्छ कि आफ्नो कुर्सीकाल लम्ब्याउन कहिले कोसंग कहिले कोसंग टॉसिने र अर्कोलाई धोका दिने तरिकाले टुंगिन्छ ?
प्रधानमन्त्रीले केही दिनअघि दिएको आफू बाँचुञ्जेल देशमा उथलपुथल भैरहन्छ भन्ने अभिव्यक्तिप्रति व्यंग्य गर्दै भट्टराईले अग्रगामी कि पश्चगामी उथलपुथल ? भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘उल्टै गर्वसाथ घोषणा गर्नुहुन्छ– म बॉचुन्जेल देशमा उथलपुथल भइरहन्छ रे ! अग्रगामी कि पश्चगामी उथलपुथल ? परिणामविहीन अस्थीरता र त्यसले ल्याउने आर्थिक संकट, युवा पलायन, बाहिरी चलखेल आदि गर्व गर्नलायक कुरा हो ?’
अध्यक्ष भट्टराइले मुलुकमा संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको बेला प्रधानमन्त्रीले कहिले कोसँग कहिले अर्कोसँग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले काम गरिरहनुभएको आरोप लगाएका छन् ।
उनले भनेका छन्- ‘संवेदनशील भूराजनीतिक द्वन्द बढ्दै गैरहेको बेला मूलतः तीन प्रमुख बाह्य शक्तिबिच सन्तुलन मिलाउनु सट्टा आफ्नो लहड वा निजी स्वार्थमा कहिले कोसँग कहिले अर्कोसँग टॉसिने र अर्कोलाई चिढ्याउने तरिकाले देशको सार्वभौमिकता र स्वाधीनताको रक्षा हुन्छ कि खतरामा पर्छ ? लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ दश बल्ड्याङ नहोस् ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण