सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

महिलाको राजनीतिक र सामाजिक अधिकार सुनिश्चित हुनुपर्छ : अध्यक्ष यादव

शुक्रबार, २५ फागुन २०८०, १४ : २७
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले महिलाका लागि संविधानले निर्दिष्ट गरेको अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन् ।

महाशिवरात्री पर्व २०८०, नेपाली सेना दिवस र ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुक्रवार शुभकामना दिँदै अध्यक्ष यादवले महिलाविरुद्ध हुने गरेका सबै खालका सामाजिक, राजनैतिक विभेद र उत्पीडनको अन्त्य गरी संविधानले निर्दिष्ट गरेको आधारमा महिलाको हक अधिकार र समान सहभागिताको सुनिश्चितता गर्नु नै आजको आवश्यकता रहेको बताएका छन् ।

महिलाको राजनैतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार सुनिश्चित गर्न आ–आफ्नो क्षेत्रबाट एक भएर लाग्न पनि उनले आग्रह गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप