७ महिनामा १५ करोडको बन्दागोभी निर्यात
काठमाडौँ । नेपालबाट ७ महिनाको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको बन्दागोभी निर्यात भएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि माघ महिनासम्मको अवधिमा १५ करोड १५ लाख रुपैयाँभन्दा बढीको ९७ लाख ५५ हजार किलोग्राम बन्दागोभी निर्यात भएको हो ।
नेपालबाट निर्यात हुने सबै बन्दागोभी (सेतो र रातो) भारतमा जाने गर्छ । यस्तै, १५ लाख रुपैयाँ बराबरको सलगम, मुला लगायतका तरकारी निर्यात भएको छ । यस अवधिमा झण्डै ११ लाख रुपैयाँ बराबरको केराउ, सिमि, बोडी लगायतका गेडागुडी समेत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै, ९६ लाख ८० हजार रुपैयाँको कुरिलो निर्यात भएको छ भने ६ लाख रुपैयाँ बराबरको च्याउ निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार अन्य प्रकारका तरकारी निर्यातबाट १६ लाख रुपैयाँ भित्रिएको छ । १ लाख ८० हजार रुपैयाँको फर्सि निर्यात हुँदा ९३ लाख ६६ हजारको गोलभेडा निर्यात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
-
तीन मौसमी वायुको असर : आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण