सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद
सोमबार, २८ फागुन २०८०, १६ : ५०
सुनसरी । प्रहरीले सुनसरीबाट करिब ९८ किलो गाँजा बरामद गरेको छ । सोमबार जिल्लाको देवानगंज गाउँपालिका–५ साहेवगंज यादव टोलस्थित मकैबारीबाट करिब ९८ किलो अवैध लागूऔषध गाँजा बिहान प्रहरीले बरामद गरेको हो ।
बारीमा गाँजा लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय साहेबगञ्जबाट खटिएको प्रहरीले वेवाररिसे अवस्थामा रहेको ४ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण