तलब नपाएको भन्दै शिक्षकहरु वार्षिक परीक्षा बहिष्कारको तयारीमा
रौतहट । रौतहटको फतुवा विजयपुर नगरक्षेत्र अन्तर्गतका शिक्षकहरुले बिहीबारदेखि सञ्चालन हुने वार्षिक परीक्षा बहिष्कार गर्ने भएका छन् । नगर शिक्षा संयोजक शिक्षक राधेश्याम यादवको अध्यक्षतामा बुधबार बसेको शिक्षकहरूको बैठकले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा बहिष्कार गर्ने निर्णय गरेको हो ।
तलब नपाएको भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् । सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीको खातामा हालसम्मको तलब नआए परीक्षा सञ्चालन नगर्ने निर्णय गरिएको संयोजक यादवले जानकारी दिए ।
फतुवा विजयपुर नगरपालिकामा ३२ वटा विद्यालय छन् । प्रस्तावित सहित ७ मावि, ४ निमावि र २१ वटा प्राथमिक विद्यालयमा गरी कुल २०४ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको मावि सितलपुरका प्रधानाध्यापक बुनिलाल राय यादवले बताए । ती ३२ विद्यालयमा कक्षा १ देखि ९ सम्मका झण्डै ६ हजार विद्यार्थी बिहीबारदेखि हुने वार्षिक परीक्षामा सहभागी हुँदैछन् ।
आन्दोलित शिक्षकहरूले बुधबार तलबको माग गर्दै नगरपालिका कार्यालय अगाडि धर्ना दिएका थिए ।
फतुवा विजयपुरका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले पाँच दिनभित्र शिक्षक र कर्मचारीको तलब निकासा हुने बताए । लामो समयदेखि नगरसभा नहुँदा यो अवस्था आएको भन्दै उनले चैत ४ गते आइतवार सम्पूर्ण शिक्षक कर्मचारीको तलब कोलेनिकाबाट बैंक खातामा जम्मा हुने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण