आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्यका लागि पत्राचार

बिहीबार, ०१ चैत २०८०, १५ : ५५
बिहीबार, ०१ चैत २०८०

बुटवल  । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको तेस्रो अधिवेशन अन्त्यका लागि प्रदेश  प्रमुखलाई पत्राचार  गरेको छ । तीन दिन मात्रै चलेको तेस्रो अधिवेशन अन्त्य गर्ने अवस्थामा प्रदेश सरकार पुगेको  हो ।  राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनी प्रदेश सरकारले  चैत ४ गतेलाई बोलाइएको अधिवेशन अन्त्य गर्नका लागि  प्रदेश  प्रमुखलाई पत्राचार गरेको हो ।  

सदनलाई बिजनेस दिन नसक्दा सरकार अधिवेशन अन्त्य गर्ने अवस्थामा पुगेको गृहमन्त्री सन्तोष पाण्डेले रातोपाटीलाई बताए । उनले अहिले अधिवेशन अन्त्य गरे पनि बदलिँदो समीकरणले विश्वासको मत लिनुपर्ने भएकोले फेरि अधिवेशन आह्वान हुने बताए ।

फागुन ३० गते लेखिएको पत्र चैत १ गते प्राप्त भएकाले चैत १ कै मितिको पत्र पठाउन भन्दै प्रदेश प्रमुखको कार्यालयले पत्र फिर्ता पठाएको थियो । प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भुमिश्वर ढकालले सोही अनुसार पत्र आज  आएको तर कुनै कारबाही नभएको रातोपाटीलाई बताए । उनले संविधानअनुसार कारबाहीको प्रक्रियामा रहेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप