हरिवंश आचार्यको नयाँ गीत : ‘मुटु फस्या छ’
काठमाडौँ । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामूलक गीत गाउँदै आइरहेका कलाकार तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्या छ’ बोलको गीत ल्याएका हुन् ।
आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर दिएकी छन् । गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय छ । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा आचार्यले ‘काम देऊ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेका छन् ।
यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी बिदेसिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढङ्गबाट उठाएको आचार्यले बताए ।
‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिँदै गएको छ’, आचार्यले भने– ‘पहिले पहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौँ आउँथे । अहिले त काठमाडौँ युवाहरूको ट्रान्जिटजस्तो बनेको छ ।’ गीतमार्फत हाम्रो देशेको नियति राखेको आचार्यको धारणा छ ।
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भूपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण