हरिवंश आचार्यको नयाँ गीत : ‘मुटु फस्या छ’

काठमाडौँ । विभिन्न सामाजिक विषयवस्तुमा सन्देश र चेतनामूलक गीत गाउँदै आइरहेका कलाकार तथा गायक हरिवंश आचार्यले नयाँ गीत ल्याएका छन् । देशको बेरोजगारी र वैदेशिक रोजगारको समस्यालाई उठान गरेर उनले ‘मुटु फस्या छ’ बोलको गीत ल्याएका हुन् ।
आचार्यकै शब्द र संगीत रहेको यो गीतमा समीक्षा अधिकारीको समेत स्वर दिएकी छन् । गीतको भिडियोमा हरिवंशसँगै प्रियंका कार्की, सरोज ओली र अन्जली अधिकारीले अभिनय छ । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा आचार्यले ‘काम देऊ न सरकार’ भन्दै देशका युवापुस्ताको भावना उजागर गर्न खोजेका छन् ।
यो गीतले देशमै केही गर्न खोजेको एउटा युवा कसरी बिदेसिन बाध्य हुन्छ भन्ने कथा रमाइलो ढङ्गबाट उठाएको आचार्यले बताए ।
‘अहिले चाहेर पनि देशमै बस्न नपाउने युवा जमात बढेको छ । गाउँघर रित्तिँदै गएको छ’, आचार्यले भने– ‘पहिले पहिले गाउँका मान्छे रोजगारीको सपना बोकेर काठमाडौँ आउँथे । अहिले त काठमाडौँ युवाहरूको ट्रान्जिटजस्तो बनेको छ ।’ गीतमार्फत हाम्रो देशेको नियति राखेको आचार्यको धारणा छ ।
श्यामस्वेत रसाइलीले एरेन्ज गरेको यो गीतको भिडियो सम्पादन भूपेन्द्र अधिकारी, कोरियोग्राफी दिवस गिरी र छायांकन नवराज उप्रेतीले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुप्तेश्वर गुफामा पर्यटकको आगमन वृद्धि
-
१२ बजे १२ समाचार: विद्यालय शिक्षा विधेयक अन्योलमादेखि सुनमा पाइलैपिच्छे कर
-
हामी विगतबाट सिक्छौँ, वर्तमानको सामना गर्छौँ र भविष्यबारे सोच्छौँ
-
१२ वर्षमा १० वटा सरकार : कसरी फस्यो सरकार अस्थिरताको चक्रव्यूहमा ?
-
‘ई–स्पोर्टस्’मा नाम र दाम कमाउँदै ‘जेन–जी’ पुस्ता
-
जेन–जी युवाले अध्ययन र अदालतमा देखेको अन्तर