जनआन्दोलन दिवसको अवसरमा आजपाले काठमाडौँमा जनप्रदर्शन गर्ने
काठमाडौँ । आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । शुक्रवार बसेको पदाधिकारी बैठकले आगामी २४ चैतमा काठमाडौँमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जनकारी दिए ।
जनआन्दोलनको अवसरमा आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका विरुद्धमा जनप्रदर्शन गर्न लागेको जनाइएको छ ।
बैठकले जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ । जसअनुसार वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ, उपमहासचिव चन्द्र भूषण साह रहेको प्रचार प्रसार समिति, महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।
आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनलगायतका विरुद्धमा निरन्तर प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ ।
यसैबीच बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था असफल भएकाले मुलुक समृद्ध बन्न नसकेको दाबी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि शासन सत्तामा आम जनताको पहुँच हुनुपर्ने उनले धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२४ वर्षको खडेरी तोड्ने लक्ष्यका साथ मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्कोः सुरुवाती ११ सार्वजनिक, नेयमार बिना नै मैदानमा ब्राजिल
-
ब्राजिल भर्सेस मोरक्को
-
अमेरिका र इरानबिच आइतबार शान्ति सम्झौता हुने ट्रम्पको दाबी
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
विश्वकपमा कतारको पहिलो अंक: स्विट्जरल्यान्डसँग रोमाञ्चक बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण