शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

जनआन्दोलन दिवसको अवसरमा आजपाले काठमाडौँमा जनप्रदर्शन गर्ने

शुक्रबार, ०२ चैत २०८०, १६ : ००
शुक्रबार, ०२ चैत २०८०

  काठमाडौँ ।  आम जनता पार्टी (आजपा)ले जनआन्दोलन दिवसको अवसरमा काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । शुक्रवार बसेको पदाधिकारी बैठकले आगामी २४ चैतमा काठमाडौँमा प्रदर्शन गर्ने निर्णय गरेको अध्यक्ष प्रभु साहले जनकारी दिए । 

जनआन्दोलनको अवसरमा आजपाले लुट, भ्रष्टाचार, अनियमितता, कुशासनका विरुद्धमा जनप्रदर्शन गर्न लागेको जनाइएको छ । 

बैठकले जनप्रदर्शनलाई व्यवस्थित गर्नका लागि विभिन्न समितिहरू समेत गठन गरेको छ । जसअनुसार  वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहको संयोजकत्वमा व्यवस्थापन समिति, उपाध्यक्ष अरुण घिसिङ, उपमहासचिव चन्द्र भूषण साह रहेको प्रचार प्रसार समिति, महासचिव त्रिभुवन साहको संयोजकत्वमा जनपरिचालन समिति गठन भएको छ ।   

आजपाले भ्रष्टाचार, अनियमितता, कुशासनलगायतका विरुद्धमा निरन्तर प्रदर्शन एवं विरोधका कार्यक्रम गर्दै आएको छ । 

यसैबीच बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले अहिलेको व्यवस्था असफल भएकाले मुलुक समृद्ध बन्न नसकेको दाबी गरे । मुलुकलाई समृद्ध बनाउँनका लागि शासन सत्तामा आम जनताको पहुँच हुनुपर्ने उनले धारणा राखे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप