त्यो उचाइमा पुग्नु छ
मनभित्र अनगिन्ती छन्
सपनाहरू
रहरहरू
आशाहरू
तिनैलाई पूरा गर्न मैले
हिँड्नु छ निरन्तर
गर्नु छ सङ्घर्ष निरन्तर
म लड्दा आफैँ उठ्ने साहस गर्नेछु
हो भत्किदा आफैँ बनाउने छु
मेरो भत्किएको जिन्दगीलाई
खुट्टा तान्नेहरूलाई
म पछाडि फर्केर
अहँ म नियाल्ने छैन कति पनि
तर मेरो यात्रा क्रमलाई
म जारी राख्नेछु
जबसम्म म
त्यो उचाइमा पुग्ने छैन
तबसम्म म
मेरा पाइलाहरू लम्काइ रहनेछु
त्यो झरीले भिजाए पनि
हिउँले जतिसुकै चिसो प्रवाह गरिरहे पनि
तर मलाई कुनै असर पर्ने छैन
किनकि म
सफलताको उचाइमा पुग्न हिँडेको
एक गन्तव्य यात्री हुँ
मैले यी स-साना झमेलाहरूसँग
हार खाएर
मैले रोकिनु कदापि छैन
मैले जसरी पनि
त्यो उचाइमा पुग्नु छ
जहाँ पुगेपछि मेरो जिन्दगी
एक रङ्गमञ्च जस्तो सजिने छ
ताकि,मलाई भत्काउन खोज्नेहरूले
यो अवश्य सिकून्
आफू बसेको स्थान नियाल्न त
त्यो उचाइमा पुग्नुपर्छ भनेर ।
- विक्रम तिरुवा सलिन
जुम्ला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
कस्ता खेलाडीले जित्छन् गोल्डेन बुट ? २०२६ मा कसले बाजी मार्ला ?
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण