त्यो उचाइमा पुग्नु छ

मनभित्र अनगिन्ती छन्
सपनाहरू
रहरहरू
आशाहरू
तिनैलाई पूरा गर्न मैले
हिँड्नु छ निरन्तर
गर्नु छ सङ्घर्ष निरन्तर
म लड्दा आफैँ उठ्ने साहस गर्नेछु
हो भत्किदा आफैँ बनाउने छु
मेरो भत्किएको जिन्दगीलाई
खुट्टा तान्नेहरूलाई
म पछाडि फर्केर
अहँ म नियाल्ने छैन कति पनि
तर मेरो यात्रा क्रमलाई
म जारी राख्नेछु
जबसम्म म
त्यो उचाइमा पुग्ने छैन
तबसम्म म
मेरा पाइलाहरू लम्काइ रहनेछु
त्यो झरीले भिजाए पनि
हिउँले जतिसुकै चिसो प्रवाह गरिरहे पनि
तर मलाई कुनै असर पर्ने छैन
किनकि म
सफलताको उचाइमा पुग्न हिँडेको
एक गन्तव्य यात्री हुँ
मैले यी स-साना झमेलाहरूसँग
हार खाएर
मैले रोकिनु कदापि छैन
मैले जसरी पनि
त्यो उचाइमा पुग्नु छ
जहाँ पुगेपछि मेरो जिन्दगी
एक रङ्गमञ्च जस्तो सजिने छ
ताकि,मलाई भत्काउन खोज्नेहरूले
यो अवश्य सिकून्
आफू बसेको स्थान नियाल्न त
त्यो उचाइमा पुग्नुपर्छ भनेर ।
- विक्रम तिरुवा सलिन
जुम्ला
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृह मन्त्रालयद्वारा २० प्रमुख जिल्ला अधिकारीको सरुवा (सूची)
-
प्रतिनिधिसभा बैठक साढे चार बजेपछि बस्ने
-
स्कटल्यान्डको ‘आदिवासी जनजाति चलचित्र महोत्सव’का लागि ४१ चलचित्र छानिए
-
गाजामा राहत कुरेर बसिरहेका कम्तीमा ५१ प्यालेस्टिनीको मृत्यु
-
इजरायलको मोसाद हेडक्वार्टरमा इरानद्वारा मिसाइल प्रहार
-
स्टार खेलाडी भिनिसियसलाई भित्र्याउन रियलसँग कुरा गर्दै अल हिलाल