सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उन्नति मेला सम्पन्न – मौलिक कला र हस्तकलाको बजारीकरणमा योगदान

आइतबार, ०४ चैत २०८०, १४ : ३४
आइतबार, ०४ चैत २०८०

नवलपुर । उन्नति कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नति मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरू प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीको अवलोकनपछि चौधरी ग्रुपका प्रबन्ध निर्देशक राहुल चौधरीले प्रदर्शनीमा राखिएको आकर्षक हस्तकला, घरेलु उत्पादनलाई ब्राण्डिङ्ग र मार्केटिङ्गमा चौधरी फाउण्डेशनले सघाउने प्रतिबद्धता व्यक्त गरे । चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीले नेपाल मौलिक हस्तकला, घरेलु उत्पादनको राम्रो बजार रहेकोले यसको व्यावसायिक प्रवर्धन गर्न उन्नति कल्चरल भिलेजले स्थापना देखि नै प्रोत्साहन गर्दै आएको र आगामी दिनमा पनि सघाउने बताइन् ।

यसका लागि उन्नति कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुरबिच हस्तकलाका सामाग्रीहरु उन्नति कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिए । सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

उन्नति कल्चरल भिलेजले स्थापना कालदेखि साहित्य, चित्रकला, हस्तकला, मौलिक संस्कृति, मौलिक खाने परिकारलाई प्रोत्साहन गर्दै आइरहेको छ । उन्नति मेलाको उद्घाटन गर्दै गण्डकी प्रदेशका पुर्वसचेतक/सांसद  ओमकला गौतमले महिलाहरू आर्थिक रूपमा सक्षम नभए सम्म समग्र मुलुकको विकास सम्भव नहुने बताएका थिए ।

यस्तै, नवलपुर उद्योग संघका अध्यक्ष केबी रानाले महिलाहरूको आर्थिक सशक्तीकरणको वर्तमान अवस्था, चुनौती र सम्भावनाका विषयमा कार्यपत्र प्रस्तुत गरे । कार्यपत्रमा राज्यले ऐन, कानुन र नीति कार्यक्रम ल्याए पनि  कार्यान्वयनमा फितलो भएको उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप