कालीकोटमा आगलागीबाट ४ वर्षमा १३ जनाको मृत्यु
कालीकोट । कालीकोटमा चार वर्षमा आगलागीबाट १३ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार २०७७/७८, ७८/७९, ७९/८० र चालु आवको चैत मसान्तसम्म कालीकोट जिल्लामा आगलागीबाट १३ जनाको मृत्यु भएको हो ।
कर्णाली प्रदेशका १० जिल्लामध्ये कालीकोट आगलागीमा परी सबैभन्दा बढी मानवीय क्षति हुने जिल्लामा परेको छ । कर्णाली प्रदेशका १० जिल्लामध्ये आगलागीबाट कालीकोटमा १३ जना, डोल्पामा आठ जना, सल्यानमा सात, सुर्खेत र जुम्लामा छ/छ जना, दैलेखमा पाँच, मुगुमा चार, जाजरकोट, रुकुमपश्चिम र हुम्लामा दुई/दुई जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्याङ्क रहेको छ ।
कालीकोटमा २०७७/७८, ०७८/०७९, ०७९/८०, र चालु आवको चैत मसान्तसम्म करिब ४५ ठाउँमा आगलागी भएको छ । आगलागीबाट ३१ वटा घर जलेर पूर्णरुपमा क्षति हुनका साथै १३ जनाको मृत्यु भएको प्रहरीको तथ्याङ्क रहेको छ । जिल्लामा हालसम्म आगलागीबाट ७७ वटा पशुचौपाया मरेका छन् भने दर्जनौँको सङ्ख्यामा घाइते छन् ।
आगोले जङ्गलमा रहेका बोटबिरुवा जल्नुका साथै मृग, पशुपक्षी मर्ने गरेको, आगलागीबाट धनजनको क्षति हुँदासम्म नागरिक अझै सचेत नभएको र सरकारले आगलागी गर्नेलाई कानुनी दायरामा ल्याउन नसकेको अधिवक्ता अम्मल राजले बताए । “पहाडी जिल्लामा आगो तत्काल नियन्त्रण गर्न स्थानीय सरकारले कुनै पनि संयन्त्रको विकास गरेको छैन । स्थानीय सरकार गैरजिम्मेवार हुनुले आगलागी पीडितहरू मर्कामा परेका छन्”, उनले भने, “वनमा स्थानीयले जानीजानी आगो लगाउने गरेको पाइएको छ । बाक्लो घाँस पलाउने लोभले आगो लगाउँदा वन विनाश हुँदै गएको हो । कानुनी दायरामा नल्याउँदा आगलागीका घटना बढ्दै गएका छन् ।”
यस्तै, गत चैत २ गते बाख्रा चराउन गएका कालीकोटको खाँडाचक्र–५ ढाडगाउँस्थित नवदुर्गा सामुदायिक वनमा लागेको डढेलोमा परी ५० वर्षका नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको मृत्यु भएको थियो । उनका ४५ वटा बाख्रा जलेर मरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण